सल्यानबाट सुर्खेत जाेड्ने सडककाे कालाेपत्रे शुरू, कार्यक्रममा मन्त्री ज्वाला सहित कसले के भने ? (भिडियाे सहित)

सल्यान

सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । सडकको ट्रयाक खोलेको झण्डै तीन दशक पछि सडकको नाली सहित चौडा र कालोपत्रे गर्न शुरु गरिएको हो । सोहि अन्तर्गत बालुवासंग्रही–कुपिण्डेताल–जयतपानी–खलंगा सडक कालोपत्रेको शनिबार शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।

अहिले ढोरपिपल देखि ज्यामिरे सम्मको झन्डै १४ किमि सडकको नाली सहित ८ मिटर चौडा, साँढे ५ मिटर कालोपत्रे गर्न लागिएको हो । सडक निर्माणको गाल्वा धुलिखेल जेभिले रु. १८ करोड १८ लाख ३६ हजार ९ सय ९८ मा कामको जिम्मेवारी लिएको छ । आगामी २ बर्ष भित्रमा काम सम्पन्न गर्ने सम्झौता भएको छ ।

सडक कालोपत्रे कामको शिलान्यास गर्दै मन्त्री ज्वालाले देशमा राजनीतिक ब्यवस्था परिवर्तन संगै बिकास निर्माणका कामले तीव्रता पाएको बताउनु भएको छ । यस बारेमा कसले के भने हेर्नुस तलकाे भिडियाे ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आईतवार १६:३६