जन्मदिनमा काँग्रेस नेताले गरे अस्पताललाइ खानेपानी ट्यांकी सहयाेग

सल्यान

सल्यान अस्पताललाई खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १२ बाफुखोला निवासी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम उद्योग तथा ब्यापार संघका केन्द्रिय सदस्य दिपेन्द्र कुमार खत्रीको सहयोगमा खानेपानी ट्यांकी हस्तान्तरण गरिएको हो । आफ्नो ५० औं जन्मदिनको अवशरमा बिरामीहरुको सुबिधाको लागि मंगलबार खत्रीले खानेपानी ट्यांकी सहयोग गर्नुभएको हो ।

नेपाली काँग्रेस सल्यानका सचीव प्रकाश भण्डारीले खानेपानी ट्यांकी स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख नवराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो अवशरमा बोल्दै सचीव भण्डारीले समाज रुपान्तरणको लागि सबै पक्ष संगको सहकार्यमा रचनात्मक कार्य गर्दै आएको बताउनुभएको छ ।

सामाजिक कार्य गर्ने भनेर नै आफु राजनीतिमा लागेको बताउदै उहाँले सबै युवाहरुलाई एकताबद्ध गरेर अगाडी बढ्ने बताउनुभयो । युवाहरू कै सक्रियतामा जिल्ला अस्पताल सल्यानमा सामाजिक कार्य गर्दै आएको बताउनुभयो । ट्यांकी हस्तान्तरण कार्यक्रममा अस्पतालका डा. प्रदीप शर्माले बोल्नुभएको थियो भने संचालन नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष प्रेम नारायण बिकले गर्नुभएको थियो ।

  • 25
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close