
सल्यान
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभएकाे छ ।
शहिद नेत्रलाल अभागि प्राबिधिक शिक्षालय भवनको उद्धघाटन कार्यक्रममा बोल्दै ज्वालाले अहिलेको युग भनेको प्राबिधिक शिक्षाको युग भएकाले अबको शिक्षा उत्पादन र स्वरोजगार मुलक हुनु पर्ने बताउनुभयाे ।
मान्छेलाई अनुशासन बनाउन र आचरण बदल्नको लागि शिक्षा महत्वपूर्ण हुने मन्त्री ज्वालाले बताउनुभयाे । प्राविधिक शिक्षाले मानिसलाइर् स्वराेजगार बनाउनका लागी सहयाेग गर्ने भएकाेले अवकाे शिक्षा भनेको रोजगार र उत्पादनमा केन्द्रित हुनु पर्ने बताउनुभयाे ।
मन्त्री ज्वालाले भन्नुभयाे ‘अवको युवा पढदै र सिप पनि सिक्दै जावस, रोजगारी पनि प्राप्त गर्दै जावस, रोजगारी प्राप्त गरेपछि आम्दानी पनि हुन्छ र आयस्रोत पनि बढछ । अवको शिक्षा समृद्धिको लागि हो ।’
अवको शिक्षालाई नमुना प्राबिधिकको रुपमा लैजानको लागि भौतिक पूर्बाधार निर्माण, अन्य बिषयहरुको पढाई पनि संचालन गर्नुपर्ने उहाँको भनाई छ । अहिले शिक्षाालयमा इन्जिनियरिङ र पशु बिज्ञान बिषयको पठनपाठन भैरहेकाले यतिले मात्र नभएर वन बिज्ञान, कृषि बिज्ञान जस्ता बिषयथप्नु पर्ने उहाँले बताउनुभयाे । प्राबिधिक शिक्षलय स्थापना भए पछि पहिले जिल्लाका बिद्यार्थीहरु प्राबिधिक तथा सिपमुलक शिक्षा आर्जनका लागी बाहिर गएको र अहिले बाहिरी जिल्लाबाट बिद्यार्थीहरु शिक्षा आर्जनको लागी सल्यानमा आइरहेको मन्त्री ज्वालाको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी, नेकपाका नेता रमेश मल्ल, प्राबिधिक शिक्षा तथा तालीम परिषदका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुली लगायतले बोल्नु भएको थियो ।
सिभिल ईन्जिनियरिङ्ग, निमल साईन्स डिप्लोमा अध्ययन हुने शहिद नेत्रलाल प्राविधिक शिक्षालयमा हाल २ सय विद्यार्थीले अध्ययन गर्दे आएका छन । शारदा नगरपालिका ४ साहुटोलमा रहेको प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माणका लागि करिव चार करोड रुपिँया खर्च भएको छ ।
प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार ०८:३६