रूकुम पश्चिमकाे बाफिकोट गाउपालिकाका ८५ जना सहिद परिवार सम्मानित

 प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम पश्चिमकाे बाफिकोट गाउपालिकामा ८५ जना सहिद परिवार सम्मानित भएका छन ।  १० बर्षे जनयुद्दमा राज्य र बिद्रोही दुवै तर्फ बाट मारीएका सहिदका आफन्तलाई सम्मान गरिएको सहिद परिबार समाज बाफिकोटले जनाएको छ ।

कार्यक्रममा सहिद परिबारकि मंगली खत्रीले सहिदकाे रगतले देश राजतन्त्रबाट गणतन्त्रमा आएकोमा खुसि व्यक्त गर्दै स्थानीय र प्रदेश सरकारले सहिदका निम्ति भनेर भरपर्दो कार्यक्रम नल्याएकोमा गुनासो गरिन । सहिद परिवारकी गोमा चन्द बिकले वडा पालिका र गाउपालिकाबाट सम्मान र अभिनन्दन मात्र पाएकाे र नेपाल सरकारले दिने भनेको १० लाख राहात आफुहरूले नपाएको दुखेसो पोखिन ।

गाउपालिका भरिका ८५ जना सहिद  सहिदका परिवारलाइ जिल्ला समन्वय समिति रुकुम पश्चिमकी उपप्रमुख ईन्द्रिरा बुदा मगरले ७ लिटरको प्रेसरकुकर दिएर सम्मान गरेकी हुन  ।

सहिद परिबार समाज बाफिकोट गाउपालिकाका अध्यक्ष धन बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय समितिकी उपप्रमुख ईन्द्रिरा बुढा मगर, नेकपाका केन्दीय सदस्य बसन्त शर्मा , प्रदेश कमिटि सदस्य महेन्द्र के सी , जिल्ला सचिब बिमल कुमार पुन , त्रिबेणी गाउपालिका उपाध्यक्ष निर्मला बिस्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सहिद परिबार समाज बाफिकोटका सचिब भुपाल बुढाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार २०:३२