शारदा नगरपालिकाको आठौ नगरसभा सम्पन्न

शारदा नगरपालिकाको आठौ नगरसभा सम्पन्न भएको छ । शारदा नगरपालिकाका नगरप्रमुख सुरेस अधिकारीको अध्यक्षतामा बसेको सभामा पाँच वटा कार्यविधि तथा निर्देशिकाहरुमा छलफल भएको थियो ।

सभाअध्यक्ष नगरप्रमुख अधिकारीले कार्यविधि तथा निर्देशिकाहरुमा मर्मत सम्भार संचालन कार्यविधि २०७७,विपद जोखिम न्यूनिकरण तथा व्यबस्थापन कार्यविधि २०७७,फोहोर मैला व्यवस्थापन सरसफाई कार्यविधि २०७७, शारदा नगरपालिका पुराना भवनहरुको अभिलेखिकरण २०७७, नगरपालिकाको आर्थिक बर्ष २०७७÷७८ को साउन देखी पुष २० सम्मको आम्दानी,खर्च र बाँकी विवरण सार्वजनिक लगायतका प्रस्तावमा छलफल गरि ति कार्यविधि बहुमतले पास गरेको छ।

कृषि, शिक्षा, पशु सेवा, सूचना प्रविधि, स्वास्थ्य, सडक, सिंचाई, पर्यटन लगायतका क्षेत्रमा गएको बजेटमा खासै परिबर्तन नभएको र जन्ताको माझमा गएको बजेट फिर्ता नहुने नगर नगरप्रमुखको भनाई रहेको थियो ।

कार्यक्रममा उप प्रमुख साबित्रा बस्नेत, प्रमुख प्रशासकीय अधिकृत,वडा–अध्यक्षहरु, सदस्यहरु, पत्रकार, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २० पुष २०७७, सोमबार २०:११