
इन्द्र बुढाथोकी, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले देशलाई समृद्धिको बाटोमा लिने जिम्मेवारी युवाको काँधमा आएको बताउनु भएको छ । युवाहरु नै उदाउँदो सूर्य भएकाले देश निमार्णको जिम्मेवारी पनि युवाहरुकै हुने बताउनुभयो ।
मंगलबार श्रीनगरमा आयोजित राष्ट्रिय युवा संघ र अनेरास्ववियू सल्यानको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्वालाले ओली सरकारले संविधानको मर्म र भावना विपतिर अध्याधेस र संसद विघट्न गरेको बताउँदै त्यसका विरुद्ध युवाशक्ति सडकमा उत्रिनु परेको बताउनुभयो ।
केपी ओली प्रतिगमनको बाटो हिडेँको र अराजक बनेकै कारण उहाँले आफ्नो आयु आफै घटाउँदै गएको बताउनुभयो । ओलीले सडकबाट म्यादी प्रहरी भर्ना गरे जसरी केन्द्रीय समिति विस्तार गरेको बताउँदै उनले पद, लोभको पछि लाग्नेहरु मात्र उनको पछि लाग्ने दावी गर्नुभयो । नेकपाको आधिकारिक समूह आफूँहरु नै रहेकाले पार्टीको नाम र चुनाव चिन्ह पनि आफूँहरुले नै पाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले संविधानका कुनै पनि धारामा प्रधानमन्त्रीले संसद विघट्न गर्ने अधिकार नदिएको बताउनुभयो ।उहाँले नेपाली जनताको लामो त्याग तपस्या र बलिदानबाट निमार्ण भएको संविधानलाई समेत कुल्चेको बताउनुभयो । सरकार र पार्टी आफूँ अनुकुल नभए विघट्न गर्ने ओलीले भोली नेपाललाई नै विघट्न नगर्लान भन्न नसकिने बताउनुभयो।
कार्यक्रममा नेकपाका केन्द्रिय केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, प्रदेश कमिटी सदस्य हरी केसी, युवा नेताहरु रमेश कुमार गौतम, तिलक भण्डारी, गणेश शाही, रमेश मल्ल लगाएतकाले बोल्नु भएको थियो । युवा संघका जिल्ला संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक न्यूटन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रको संचालन अनेरास्ववियुका जिल्ला संयोजक चेतन गिरीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार २०:२०