कालिमाटीमा एक दर्जन बढीले नेकपा ओली समुहमा प्रवेश गरे, वडाहरुमा युवासंघको कमिटी गठन

सल्यान- केपी शर्मा ओली नेतृत्वको नेकपाले सोमबार कालीमाटी गाउँपालिकामा आयोजना गरेको भेलाले नेकपा कालिमाटी गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी जिल्ला कमिटी सदस्य समेत रहेका केशर बुढालाइ प्रदान गरेको छ । भेलाबाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसबाट लक्षुमण खत्री, मोहनलाल कवर, देबिलाल परियार , निम ब परियार , तिल ब गिरि , दुर्गा ब गिरि ,मिना परियार , खुमन गिरि , मेघ प्रसाद खराल रहेको गाउँकमिटी अध्यक्ष केशर बुढाले बताए । उनका अनुसार राप्रपाबाट देउ ब राना , याम ब राना , गोकर्ण राना, र समाजसेवी कुल ब ओलि पनि नेकपामा प्रवेश गरेका छन् ।


यस्तै कालीमाटीमा राष्ट्रिय युवा संघको वडाहरुमा अधिवेशन आयोजक कमिटी पनि गठन भएको छ । वडा न २ मा भिम ब ओलि संयोजक रहेको १६ सदस्यीय कमिटी , वडा न ३ मा दिपक खनाल संयोजक रहेको १७ सदस्यीय कमिटी गठन भएको युवा संघ कालिमाटी संयोजक दिलिप रावतले जानकारी दिए । यस्तै वडा न ४ मा निम ब थापा संयोजक रहेको ८ सदस्यीय कमिटी , वडा नं ५ मा लाल ब राना संयोजक रहेको ९ सदस्यीय कमिटी , वडा न ७ मा धन ब ओलि संयोजक रहेको ४ सदस्यीय कमिटि गठन भएको रावतले जनाए ।

  • 207
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close