नेकपा ओली समुहले आफनो नाम जोडेको भन्दै वडा कमिटी अध्यक्षद्वारा आपत्ति

 माघ १९ / सल्यान ।
नेकपा ओली समुहले आफनो नाम राखेको भन्दै दार्मा गाउँपालिका ३ का वडा कमिटी अध्यक्ष देव वहादुर रोकायले आपत्ती जनाउनुभएको छ । आफुलाई कसैले पनि ज्यान मार्ने धम्की नदिएको भन्दै आफुलाई नसोधेरै ओली समुहको प्रेसनोटमा आफनो नाम आएकोमा आश्चार्य जनाउनुभएको छ ।

आइतबार नेकपा ओली समुहका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस नोट मार्फत दार्मा गाउँपालिका अध्यक्ष निम वहादुर केसीले वडा नं. ३ का वडा कमिटी अध्यक्ष रोकायलाई ज्यान मार्ने धम्की दिएको भन्ने जानकारी पाएपछि आफुले यस्तो ताइन तुइको राजनीति नगर्ने समाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ । “अरुलाई के गरिएको हो थाहा छैन तर मलाई कसैले ज्यान मार्ने धम्की नदिएकोले म अरुलाई गलत आरोप लगाउन चहान्न, प्रेस नोट प्रति मेरो घोर आपत्ती छ,” रोकाले समाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले आफुले कुनै गलत काम नगर्ने र बिना गल्ती आफुलाई कसैले राजनितिक आस्थाका भरमा कसैले धम्की दिएमा आफैले त्यसको सामना गर्ने र अरुलाइै गुहर्नु नपर्ने रोकायले बताउनुभयो ।यस्तै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले आफुलाई ओली समुहले सुनियोजित रुपमा बदनाम गराउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले आफुले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बताउदै यथाथर्ता नबुझेर प्रायोजित रुपमा प्रेस नोट निकाल्दा प्रेस नोटकै अबमुल्यन भएको बताउनुभयो । “उहाँहरुले आफनो औकात देखाउनुभएको छ, हुदै नभएको चुक्ली लगाउने र त्यसमै धारणा बनाएर तल्लो स्तरको प्रेसनोट जारी गर्ने आदरणीय कमरेडहरुलाई धन्यवाद छ,” केसीले भन्नुभयो ।
अध्यक्ष केसीले आफुलाई जवरजस्त विवादमा तान्न खोजेको भन्दै यस्ता भ्रमहरुलाई चिर्न आफु सक्षम भएको र यसले केही असर नपार्ने बताउनुभयो । “यस्ता भ्रमपुर्ण कुरालाई हाइलाइट गर्नु छैन, यस्ता विज्ञप्तीले केही फरक पार्ने वाला छैन,” केसीले भन्नुभयो ।
सल्यान जिल्लामा पछिल्लो समयमा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी सक्षम र सफल नेताको रुपमा उभिनु भएको छ । कोरोना संक्रमण व्यवस्थापन, विपद् व्यवस्थापन तथा समानुपातिक विकासमा जिल्लाका अन्य स्थानीय तहभन्दा सफल नेताको रुपमा चिनिनुहुन्छ ।कुशल नेतृत्व र आशा लाग्दो नेता भएककै कारण पछिल्लो समय उहाँलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको जानकारहरु बताउछन् ।

गत आइतबार (हिजो) नेकपा ओली समुहका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले अध्यक्ष केसीले दार्मा गाउँपालिकामा ओली समुहका गाउँकमिटी सचिव दिपक रोकाय र देव बहादुर रोकायलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रेस नोट जारी गर्नुभएको थियो ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार ११:१८