
काठमाण्डाै ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा. गणेशराज जोशीले राजीनामा दिनुहुने भएकाे छ । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने उहाँको तयारी छ ।
आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफुले काम गर्न नसक्ने कारण देखाउँदै उहाँले राजीनामा दिन लाग्नु भएकाे हाे । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गर्नुभएकाे थियाे । जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजीनामा दिन लाग्नुभएकाे हाे ।
अख्तियार स्रोतका अनुसार मंगलबार नै उनले नयाँ नियुक्ति भएमा बुधबारदेखि नआउने आयोगका उच्च अधिकारीलाई जानकारी गराउनुभएकाे थियाे । जोशी र आयोगकी आयुक्त डा.सावित्री थापा गुरुङ बुधबार कार्यालय जानुभएकाे छैन । आयुक्त गुरुङले भने राजिनामा दिने/नदिने तय भइसकेको छैन ।
प्रकाशित मिति: २१ माघ २०७७, बुधबार १२:३१