सल्यानमा बन्दको पुर्ण प्रभाव जनजिवन ठप्प

सल्यान, २२ माघ । नेकपा प्रचण्ड माधव पक्षले गरेको आम हड्तालको सल्यानमा पुर्ण प्रभाव परेको छ । हडतालका कारण जिल्लामा रहेका शिक्षण संस्थाहरु तथा यातायात पुर्ण रुपमा ठप्प भएको छ भने मुख्य बजाहरु समेत सुनसान भएका छन्।

बन्दका कारण सुनसान देखिएको जिल्लाको मुख्य बजार श्रीनगर

बन्दका कारण जिल्लाको प्रमुख व्यपारिक केन्द्र श्रीनगर बजार पुर्ण रुपमा बन्द भएका छ । यस्तै बन्दका कारण सदरमुकाम खलंगा, सल्लीबजार, थारमारे, मोख्ला, खरिबोट, कपुरकोट लगायका बजारहरु समेत बन्द रहेका छन् ।
जिल्लामा अत्यावश्यक यातायात भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । आन्दोलनकारी बजारका विभन्न चोकहरुमा जम्मा भएर बन्दका लागि आग्रह गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरुमा नियुक्तीहरुको बिषयलाई लिएर आज आम हडतालको आयोजना गरिएको थियो । आमहडताल पुर्ण रुपमा सफल भएको बन्द पक्षधर नेताहरुको भनाई रहेको छ ।
बन्दको असर मोखला बजारमा पनि ः तस्विर राम बहादुर वस्नेतको फेसवुकवालबाट
बन्दका कारण सुनसान बनेको मुख्य व्यापारिक केन्द्र सल्लीबजार

प्रहरीले जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनहरुलाई स्कटिङ्ग गरिरहेको छ भने बजारहरुमा सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ । जिल्लामा प्रवेश गर्ने रात्रीवसहरुलाई भने आन्दोलनकारीले रोकेका छैनन् ।
आफनो बन्द सर्वसाधरणहरुका लागि नभएको भन्दै नेकपा जिल्ला कमिटी सदस्य राजेश विकले यो केपी ओलीको असंवैधानिक कदमका लागि गरिएको र यसमा सवैले सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १६:४५