सल्यानमा आमहड्ताल शान्तीपुर्ण ढंगले सम्पन्न,खलंगा श्रीनगर लगायतका बजारमा कस्ताे रह्याे बन्द फाेटाे फीचर

कभरखबर डेस्क ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले आज गरेको आमहड्तालका कारण बिहीवार दिनभर सल्यान सुनसान बन्याे। बन्दका कारण जिल्लाको सदरमुकाम खलंगा सँगै श्रीनगर,थारमारे, कपुरकोट, सल्लीवजार लगाएतका जिल्लाका मुख्य वजारहरु दिनभर सुनसान  रह्याे।


संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा आज एक दिने आमहड्ताल गरिएको नेकपाका नेता रमेश कुमार गौतमले जानकारी दिनुभयो । उहाँले शान्तिपुर्ण तवरले बन्दको आह्वान गरेको र यसमा जिल्लावासीले साथ दिएको पनि जानकारी दिनुभयो ।

आम हडतालको समयमा लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधनहरु संचालन भएनन् । बिहानै देखी नेकपाका कार्यकर्ताहरु वजार तथा चोकहरुमा जम्मा भएर बन्दलाई सफल वनाउन सबैमा आग्रह गर्दै हिडेको तर कुनैपनि अवान्छित कृयाकलापहरु नभएको नेकपाका नेता नविन सिंह भडेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार जिल्लामा अत्यावश्यक सवारीका साधनहरु निर्वाध रुपमा चल्न दिएको तर मालबाहक सवारी साधनलाइ भने रोकेर राखिएको छ ।

सल्यानका व्यापारिक बजारहरूमा नेकपाका कार्यकर्ताहरू शान्तिपुर्ण रूपमा बजार बन्द गराउँदै हिडेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बजार, शिक्षण, संस्था पसल व्यवसाय लगायत ठप्प भएपनि एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान,परीक्षामा सहभागी हुने विद्यार्थीका सवारी साधनहरुलाई भने निर्वाध रुपमा सञ्चालन भएका छन् ।


जिल्लामा कुनै अप्रिय घटना नभएको र अलपत्र परेका सवारी साधनलाइ प्रहरीले स्कटिंग गरेर गन्तव्य सम्म पुर्याएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो ।उहाँका अनुसार कुनै अपृय घटना हुन नदिन विभन्न स्थानमा प्रहरी परिचालित गरिएकाे थियाे ।

बन्दले पारेको असर र प्रभावका बारेमा जिल्लाको व्यापारिक केन्द्र श्रीनगर बजार र सदरमुकाम खलंगा बजारमा इन्सेकले अनुगमन समेत गरेको छ ।

सल्यानकाे सल्लीबजारमा बन्दकाे प्रभाव

 

 

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १६:५८