प्रतिनिधि सभा विघटनविरुद्ध सल्यानमा कांग्रेसका शुभेच्छुक संस्थाहरूकाे मौन विरोध प्रदर्शन

मिना बुढाथाेकी,सल्यान ।

प्रतिनिधि सभा विघटनविरुद्ध  सल्यान लगायत देशभर नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार  सल्यान सदरमुकाम खलंगाकाे पुरानाे बसपार्ककाे प्रतिक्षालय घेरेर मौन प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनर्स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, नेपाल प्रेस युनियन लगायतका प्रमुखप्रतिनिधीहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार १४:१८