केपि शर्माले प्रतिनिधिसभा बिघटन गरेर बिदेशी तत्वहरुलाई नेपालमा चलखेल गर्ने वातावरण बन्याेः कांग्रेस नेतृ संग्राेला

सल्यान ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री केपि शर्मा ओलीले बहुमत प्राप्त प्रतिनिधिसभा बिघटन गरेर बिदेशी तत्वहरुलाई नेपालमा चलखेल गर्ने वातावरण सिर्जना गरेको आराेप लगाउनु भएकाे छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा सल्यानले आइतवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले  पार्टीको आन्तरिक बिवादलाई समाधान गर्न नसकेर ओलीले संसद विघटन गर्दै लोकतन्त्रको समेत घाँटी निमोठेको टिप्पणी गर्नुभयो ।

ओलीले कानुन विपरित गएर संविधान माथि कु गरेकाले त्यसको रक्षा गर्दै बिघटित प्रतिनिधिसभाको पुर्नस्थापनाको लागी काँग्रेसले आन्दोलन थालेको उहाँकाे भनाइ थियाे ।

बिघटित प्रतिनिधिसभा सदस्य समेत रहुनभएकी संग्रौलाले कोरोनाले मुलुक थिलोथिलो परेको अबस्थामा जनतालाई रोजगारी र आर्थिक समृद्धिका योजना सहित सरकार अगाडी बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असैबैधानीक, अलोकतान्त्रिक तरिकारले संसद बिघटन गरेकाले सिधै संविधान र गणतन्त्र माथी प्रहार गरेको उनको भनाई छ । ओलीको संसद विघटनले देशलाई पुनः द्धन्द्धमा धकेलेको जिकिर गर्नुभयाे ।

 नेपाल प्रेस युनियन सल्यानका उपाध्यक्ष कृष्ण वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आशिष केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २५ माघ २०७७, आईतवार २०:३०