वैशाख २७ गते कर्णाली लगायत ४० जिल्लामा दाेस्राे चरणकाे निर्वाचन गर्ने सरकारकाे निर्णय

कभर खबर डेस्क –

सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ  ।साेमवार बसेको मन्त्रिपरिषद्काे बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने घोषणा गर्नु भएको थियो ।

चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा जाँदै हुनुहुन्छ । नेकपाको विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फैसला भइनसकेकाले चुनाव हुनेमा भने आशङ्का छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलवार १४:०८