रामकुमारीको घरमा प्रहरी पुगेपछि समर्थकले लगाए चर्काे नाराबाजी

कभरखबर डेस्क ।

नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको विषयमा उनका सकर्थकहरुले आन्दोलन गरेका छन् ।

महानगरीय अपराध महाशाखाले बिहीबार  उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको र उनी  उनी उपस्थित नभएपछि सादा पोशाकका प्रहरी उनको घरमा पठाइएको थियो ।

अकस्मात प्रहरीको झाँक्रीको घरमा पुगेपछि  उनका सार्थकहरुले पुलिस हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाइ, खड्ग ओली बाइबाइ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार १२:४९