कभर खबर

  • ४ फाल्गुन २०७७, मंगलवार १७:३९

असंवैधानिक कदमका विरुद्ध अहिले संविधानको रक्षार्थ लडाइ शुरु भएको छः प्रभाकर

सल्यान ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले अहिलेको लडाइ पद र प्रतष्ठिा भन्दा पनि संसद पुनस्थापनाको रहेको बताउनु भएकाे छ ।

नेपाली जनताको भावना माथि खेलवाड गरि प्रधानमन्त्री केपी शर्मा वलीले चालेको असंवैधानिक कदमका विरुद्ध अहिले संविधानको रक्षार्थ लडाइ शुरु भएको उहाँले बताउनुभयाे ।

मंगलवार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनु भएकाे हाे ।

कर्णाली प्रदेश इन्चार्ज समेत रहेका शर्माले नेकपा भित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणाली (संघियता, धर्मरिपेक्षता, समानुपातिक समाबेशीता) को कार्यान्वयन गर्ने वा नगर्ने विचको लडाई भएको बताउनुभयाे ।

अहिलेको पार्टी विभाजन पद,प्रतिष्ठाको लागी नभई राजनितिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागी भएको प्रभाकरको भनाई छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा बिचाराधिन अवस्थामा रहेको प्रसंगमा उनले यस्तो अवस्थामा मध्यावधिक निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभयाे ।

उहाँले भन्नुभयाे ‘अहिले नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको लागी विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अवस्थामा कुनै पनि हालतमा मध्यावधिक निर्वाचन हुन सक्दैन्,यदि यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसावकिताव जनताले गर्ने छन् ।’

पुर्व गृहमन्त्री समेत रहनुभएका नेता शर्माले अहिलेको संसद विघटन संविधान खारेजी जस्तै भएको बताउनुभयाे ।
संविधानको एक धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै हो उनले भने ।शर्माले संसद पुर्नस्थापना हुनेमा आफ्नो पार्टी र जनता विस्वस्त रहेकाे बताउनुभयाे ।

प्रेस संगठन नेपाल सल्यानका संयाेजक मिना बुढाथाेकीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सह संयाेजक दिपसागर भण्डारीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार १७:३९