
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
जनता संग भेटघाट गर्न पहिलो पटक प्रदेश सभा सदस्य रातो कामि बाफिकोट गाउपालिका वडा नम्बर १० को फेरा टोल पुग्नु भएको छ । चुनाब भएपछी पहिलो पटक जनताका गुनासो सुन्न कामि त्यहा पुग्नु भएको उहाँको स्वकीय सचिब हरि बि कले बताउनुभयाे । जनताको गुनासो र बिकास निर्माण कस्तो भैरहेको छ बुझ्न त्यहा पुगेको स्थानीयले बताएका छन | उहालाई त्यहा पुग्ने बेलामा स्थानीयले दोसल्ला र बाजागाजाले स्वागत गरेका थिय ।
स्थानीयको गुनासो सुन्ने , कहा कुन बिकासको अभाब छ , कुन बिकास गरेपछि छिटो प्रभाबकारी हुन्छ भन्ने बिषयमा छलफल गरियको वडा नम्बर १० का वडा अध्यक्ष अर्जुन चन्दले बताउनुभयाे। स्थानीय देउभान ओलीले १० नबर वडाका सबै भूभागमा सडक पुर्याउन अनुरोध गर्नुभयाे ।
बाफिकोट गाउपालिकाको दुर्गमको रुपमा चिनियको वडा भएकाले त्यहा फेरा बाहेक अन्य गाँउमा सडक पुगेको छैन । अन्य वडामा सडक पुगेको खुसि गर्दै १० नम्बरमा सडक पुगे सबै थोक पुग्ने ओलीले बताउनुभयाे । बजेट फ्रिज जाने प्रबिधी जाने कहिले सम्म , बजेट फ्रिज जान नदिन स्थानीय सरकार , प्रदेश सरकार संग ओलीले अनुरोत समेत गरे । ०७६ / ०७७ को आर्थिक बर्षमा १० नम्बर वडा बाट थुप्रै बजेट फ्रिज गएको थियो | बजेट फ्रिज जान नदिन समयमै काम गर्न स्थानीय सरकार र प्रदेश लाई अनुरोत समेत गरे | गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले आफ्नो गाउ आफै बनाउ कार्यक्रम लागु गर्ने बताउनुभयाे । अबको आर्थिक बर्षमा गाउ सभाबाट निर्णय पारित गरि सो कार्यक्रम लागु गर्ने समेत जानकारी दीनुभयाे ।
अध्यक्ष केसीले सरकारी बजेट खर्च गर्नको निम्ति सरल र सभ्य काम गर्न निर्देशन दिनुभयाे । त्यस वडामा अहिले सम्म बिजुलीका पोल गाडीयका छन तर अन्य काम हुन बाकि रहेकाले समयमा नै काम गर्न ठेकेदारलाई निर्देशन समेत दिजुभयाे । प्रदेश सभा सदस्य रातो कामीले समयमा नै आफुले बिकास निर्माणको काम गर्न आफु रात दिन लागि परेको बताउनुभयाे।
रातो कामीको प्रदेश संसद बिकास कोष बाट त्यस ठाँउमा सडक निर्माण गरीयकोले त्यस सडकलाई झन मजबुद बनाउन निर्माण उपभोक्ता समिति र वडा कार्यालय लाई अनुरोध समेत गर्नुभयाे । आफु पहिलो पटक त्यस वडामा पुगे पनि आफ्नो नजर त्यहा गैरहेको बताए | स्थानीयको प्रश्नमा कामीले तपाईहरु काम गर्नुहोस , बजेट छुट्याउने काम हाम्रो हो , समय मै काम गर्नुहोस कार्यान्यन गर्ने जिम्मा हाम्रो हो | कार्यक्रममा प्रदेश सभा सदस्य रातो कामि , बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसी , नेकपा कर्णाली प्रदेश कमिटि सदस्य पुष्प बादी , १० का वडा अध्यक्ष अर्जुन चन्द , ९ का वडा अध्यक्ष कविराम खत्री स्थानीय लगायतको सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: ९ फाल्गुन २०७७, आईतवार १४:१२