कभर खबर

  • १० फाल्गुन २०७७, सोमबार १४:१२

धिरेन्द्र श्रेष्ठ नेकपा प्रचण्ड-नेपाल समुहकाे अध्यक्षमा चयन

सल्यान ।

प्रचण्ड-माधव समुहले ६८ जिल्लामा नेतृत्व ताेकेकाे छ । सल्यान सँगै उक्त समुहले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो । सल्यान जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठलाइ चयन हुनुभएकाे छ ।

यसअघि पुर्व एमाले र माओबादीकाे एकतामा अध्यक्ष बनेका गाेविन्द पुन केपी ओली समुहतिर खुलेपछि रिक्त रहेकाे पदमा प्रचण्ड-माधव समुहले श्रेष्ठलाइ अध्यक्षमा ताेकेकाे हाे ।

श्रेष्ठपुर्व एमाले तर्फका नेता हुनुहुन्छ । नेकपा एकतापछि पुर्व माओबादीबाट सचिव बनेका कर्ण बहादुर बुढाथाेकीलाइ भने प्रचण्ड-माधव समुहकाे जिल्ला सचिवमा पनि यथावत राखिएकाे छ ।

पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् ।

प्रकाशित मिति: १० फाल्गुन २०७७, सोमबार १४:१२