
कभरखबर डेस्क ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्याएको छ । जनताको न्यायालयले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको भन्दै सल्यानमा खुशीयाी स्वरुप दिपावली गरिएको छ ।
सर्वोच्च अदालत र न्यायमूर्तिहरुले आज नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको भन्दै जिल्ला स्थित नेकपा निकट नेता कार्यकर्ताहरुले खुशीयाली स्वरुप सदरमुकाम स्थित पुरानो बसपार्कमा दिपावली गरेका छन् ।
हेर्नुहोस फोटो फीचर
प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलवार २१:१९