
कभरखबर डेस्क ।
नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले सर्वोच्चको फैसलाले जनताको जीत भएको बताउनु भएको छ । केपी वलीको यति ठुलो हार भएपनि अझै खेल बाँकी छ भन्नेहरु प्रति व्यंग गर्दै उहाँले भन्नुभयो,एउटा लडाइ हार्नु भएको छ अर्को लडाइ फेरी पनि हार्नुहुन्छ ।
सर्वोच्च अदालतले संसद पुनस्थापनाको फैसला गरेपछि सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आयोजना गरेको विजय ¥याली पछि कोण सभालाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताउनुभएको छ ।
उहाँले सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको पनि बताउनुभयो । अब मुलुक संविधान अनुसार नै चल्ने उहाँको भनाई छ । देश अब संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’ उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा सल्यानमा (नेकपा) दाहाल–नेपाल पक्षका नेता तथा कार्यक्रर्ताहरुले सर्वोच्च अदालतको प्रशंसा गर्दै सल्यानको सदरमुकाम खलंगा सँगै जिल्लाका बिभिन्न स्थानिय तहहरुमा ¥याली निकालेका छन् ।
प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार २१:२७