
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
रुकुम पशिमको बाफिकोट गाँउपालिका वडा नम्बर २ को मेलगैरी हत्या काण्ड भएको २६ बर्ष पुरा भएको छ । राज्य पक्क्षबाट २०५२ साल फागुनमहिनाको १५ गत्ते ६ जना खत्री बन्दुको सामुहिक हत्या भएको थियो । दैलेखका १५ बर्सिय दिल बहादुर रम्तेलको हत्या भएको भोलिपल्ट रुकुमको साबिकको पिपलको मेलगैरीमा ५ जना खत्री बन्दुको हत्या भएको थियो । मेलगैरी गा১उका कल बहादुर खत्री , मन बहादुर खत्री , दल बहादुर खत्री , पशुपति खत्री , खड्ग बहादुर खत्री र लाल बहादुर खत्रीको ईलाका प्रहरी कार्यालय बाफिकोट बाट खटि गएको प्रहरीले उनीहरुको हत्या गरिएको सहिद खडगका बुवा धन बहादुर खत्रीले बताउनुभयाे ।
स्थानीएको सुराखिको आधारमा खत्री बन्दुको हत्या गरिएको थियो । आखामा आसु चुहाउदै खड्गका बुवा धन बहादुरले भन्नुभयाे उनीहरुको बिहान ७ बजेको समयमा हत्या गरीयको हो । खड्ग भाग्दा खुट्टामा गोलि लागेको र बोकेर ल्याई किलामा बाधेर हत्या गरेको खड्का बुवाले बताउनुभयाे ।आखामा आसु चुहाउदै धन बहादुरले आफ्नो छोरा मरेर गएपनि ईतिहास जिबितै रहेको बताउनुभयाे ।
त्यस घटनाका प्रतक्ष्य दर्सी जोख बहादुर देबकोटाले २०५२ सालमा मावोबादीलाई सिध्याउनै पर्छ भन्ने हेतुले उनीहरुको हत्या गरीयको बताउनुभयाे । मेलगैरी गाउमा २ वटा रुकुम यौटै हुदा आपूर्ति मन्त्रि गणेशमान पुनले आफनो निर्बाचन छेत्र बिकास कोषबाट मेलगैरी गाँउमा सहितका निम्ति थुप्रै बिकास निर्माणका काम भएका छन | हत्या गरियका घर सहित परिबार समाज बाफिकोटले खरिद गरि त्यस घर वरपर ट्रसको काम भैरहेको बताएको छ |
मेलगैरीमा कसरि हत्या भएको थियो ?
फागुन १३ गत्ते नरजीत माथिको हमला पछी १४ गत्ते सो सबन्ध जाहेरी गर्न आएका नेपालि कांगेसका समर्थक मानिस हरुले सो सबन्ध जाहेरी दिदै नरजितलाई ३ सय जति माओवादीले घेराउ गरि उपचार गर्न ल्याउन नदियको कुरा प्रहरी समक्ष राखे | त्यस अबस्थामा उत्घोग सहायक मन्त्रि गोपालजिजंग शाह सदरमुकाम मै भएकाले सहायक मन्त्रि र प्रहरी नायब उपरीक्षकसित गाउँले हरुले गोलि सहितको प्रहरी माग गरे | गोलि हान्ने आदेश त्यतिबेला सहायक मन्त्रीले प्रहरी नायब उपरीक्षक दिएका थिय | तर नरजीत माथि हमला भएपछी गरेको भनियको घेराउको पुस्टि टोलीले पाउन सकेन | यसरि मेलगैरी हत्या भएको थियो |
बाफिकोट गाउपालिकाले के गर्दै छ ?
बाफिकोट गाउपालिकामा जम्मा ५ जना सहिद हरु रहेका छन । प्रतेक बर्ष सहिद दिबसको अबसरमा बाफिकोट गाउपालिकाले सहिदलाई सम्मान तथा अबिर आवरण गर्दै आएको छ । सहिदका निम्ति भनेर वडा नम्बर ४ को छिनखेतमा सहिद गेठ निर्माण गर्न लागेको छ र त्यसको काम अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले बताउनुभयाे ।
यो बर्षमा बाफिकोट गाउपालिकामा सहिद भबन निर्माण गर्ने र गाउपालिकाका ८५ जना सहिद नाम झल्कने स्तम्भ राखीले सहिद परिबार समाज बाफिकोटले जनाएको छ । प्रतेक बर्ष गाउपालिकाले बाफिकोट २ को मेलागैरिमा जनयुद्द दिबसको अबसरमा जनबादी मेला आयोजना गर्दै आएको अगबद छ । बाफिकोट गाउपालिकाले प्रतेक फागुन १५ गत्ते पिपलको जिपू गाउ देखि ५ जना खत्री बन्दुको हत्या भएको गाउ मेलगैरी सम्म पत यात्राको आयोजना गर्दै त्यहा सम्म पुगेर समबेदना प्रकट गर्ने काम गरिरहेको गाउपालिकाले जनाएको।
पदयात्रामा सहिदलाई समबेदना प्रकट गरीयको थियो भने उनीहरुको हत्या भएको ठाउ , उनीहरु बसेको घर अबलोकन गरीएको थियो | पतयात्रामा जिल्ला समन्य समितिकी उपप्रमुख ईन्द्रिरा बुढा , बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसी , उपाध्यक्ष मनकला पुन , निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्का , ल्र्खापाल केशब प्रसात ओली , सबै वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य हरुको सहभागिता रकेको थियो ।
प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार १३:०४