कभर खबर

  • १८ फाल्गुन २०७७, मंगलवार ११:५७

बनगाड कुपिण्डे नगरपालिकाको आठौं नगर सभा सम्पन्न

इन्द्र बुढाथोकी / सल्यान । 
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको साेमबार हिउदे अधिबेशन तथा आठौं नगर सभा सम्पन्न भएको छ । नगर सभाले बनगाड कुपिण्डे नगरपालिका आर्थिक विदेक २०७७, कार्यपालिका अधिकार प्रत्यायोजन, बनगाड कुपिण्डे नगरपालिकाले घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि, सातौ नगर सभा बाट विनियोजन भएका केही योजनाहरु समेत संशोधन गरिएको छ ।

साथै नगरपालिका भित्र रहेका जिरो दरबन्दी भएका प्राथमिक तथा आधारभूत विध्यालयको शिक्षण सिकाइ अनुदानको लागि २५ लाख रुपैया समेत छुट्याएको छ । नगर सभा अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुनले आफुहरुको कार्यकाल नजिकिदै गर्दा जनता माझ लोकप्रिय काम हरु गर्दै जानू पर्ने र जनताको सेवाको लागि सबैलाई एक मन एकताका साथ सबै जनप्रतिनिधि लाग्न अनुरोध गर्नु भएको छ ।

स्थानीय तहको आफुहरु पहिलो जनप्रतिनिधि भएको आफुले सभ्य नगरपालिका बनाउनको लागि सकारात्मक भुमिका खेल्नु पर्ने समेत बताएका छन । हामी जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा जनप्रतिनिधि अल्झनु भनेको दुर्भाग्य भएको उहाँको भनाई थियोे । सभामा प्रमुख प्रशासकिय अधिकृत चक्रवहादुर रावतले सभाका एजेण्डा पेश गर्नुभएको थियोे । निर्णयार्थ उक्त एजेण्डाहरु सभाले पास समेत गरेको छ । सभामा उपप्रमुख मञ्जु यरी, सभा सदस्य, शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियोे । सभाको सञ्चालन रोजगार संयोजक भि

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलवार ११:५७