कभर खबर

  • १८ फाल्गुन २०७७, मंगलवार १३:२९

विप्लव समूहसँग वार्ता गर्दै सरकार, दुई सदस्यीय वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।  वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।

यसैवीच सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने बताइएकाे छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलवार १३:२९