कभर खबर

  • २० फाल्गुन २०७७, बिहीबार १०:१९

विप्लवका नेता कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई निर्देशन

काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने तयारी भइरहेका बेला गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

प्रहरीका एक उच्च अधिकारीले सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता जारी रहेकाले आक्रामक रुपमा प्रस्तुत नहुने बताए । उनकाअनुसार पहिले जस्तो जहाँ भेट्यो त्यही विप्लवका कार्यकर्ता पक्राउ गर्ने नीतिबाट प्रहरी पछि हटेको छ ।

‘सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको छ । सैद्धान्तिक हिसाबले पनि आक्रामक रुपमा प्रस्तुत हुन मिल्दैन । हिजो दोस्रो चरणको वार्तापछि सरकारबाट निर्देशन आएको छ । हामी सोहीअनुसार अगाडि बढ्छौं’, एक उच्च प्रहरी अधिकृतले भने ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार १०:१९