कभर खबर

  • २४ फाल्गुन २०७७, सोमबार १४:४६

देशभर पार्टी कार्यालयमा ‘नेकपा’ हटाएर एमालेको बोर्ड र झण्डा फहराइँदै

काठमाडाैं ।

सर्वाेच्च अदालतको आइतवारको फैसलाबाट नेकपा एमाले ब्यूतिएपछि देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउने अभियान चलेको छ ।

विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका ‘मदन आश्रिम भवन’मा फेरि एमालेको झण्डा राख्न थालिएको छ ।

विराटनगर र हेटौंडामा एकीकरणपछिको झण्डा र बोर्ड हटाएर नेकपा एमालेको झण्डा र बोर्ड राखिएको छ ।

आइतवार नेकपा नाम विवादमा फैसला सुनाउँदै अदालतले पार्टी एकता बदर गर्दै साविकका नेकपा एमाले र माओवादी केन्द्र कायम हुने आदेश गरेको छ । सर्वाेच्चको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी कार्यालयमा बोर्ड र झण्डा फेरिरहेको छ भने प्रचण्ड–नेपाल समूह अन्योलमा छ ।

आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले आज दिउँसो ३ बजे स्थायी कमिटी बैठक राखेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १४:४६