रुकुमका ढाड पीडित गोपाललाई अमेरिकाबाट १ लाख ४७ हजार सहयोग

प्रचण्ड खत्री/रुकुम पशिम -अमेरिकामा रहेको के.सी युनाईटेड ग्रुपको पहलमा ढाड पिडित गोपाल खत्रीलाई उपचारको लागि सहयोग उपलब्ध भएको छ । बाफिकोट गाउँपालिका वडा नम्बर ३ निबासी हाल अमेरिकामा रहेका प्रकाश केसी, योगेन्द्र केसी र प्रेम केसी लगायतको समुहले ढाड पिडित गोपाल केसिलाई १ लाख ४७ हजार ३ सय ८९ रुपैंयाँ सहयोग गरेको अमेरिकामा नै बसोबास गर्दै आएका भुपेन्द्र केसीले बताए ।

पहिला बाफिकोट गाउँपालिका ३ डार्ने घर भई हाल बसाईसराई गरि बाँकेको टिकुलीपुरमा बस्दै गोपाल खत्रीको घाँस काट्दै गर्दा रुखबाट लडेर ढाडमा समस्या देखिएको छ । उपचारमा समस्या भएपछि अमेरिकामा रहेको केसी युनाईटेड ग्रुपले सहयोग गरेको हो ।

सहयोगीहरुका तर्फबाट भुपेन्द्र केसीले ३४ हजार ८ सय अठासी, प्रकाश केसीले २५ हजार ८ सय १७, नबिन केसीले २८ हजार २५, योगेन्द्र केसीले ११ हजार ८ सय ३, प्रेम केसीले ११ हजार ६ सय २९ रुयैँया र बाफिकोट गाउँपालिका वडा नम्बर ३ डार्ने टोलका नेकपाका अध्यक्ष अर्जुन केसीले ११ हजार ५ सय १३ सहयोग गरेको छन् ।

त्यस्तै रमेश केसीले ५ हजार ९ सय १३, दत्त केसीले ५ हजार ९ सय ३१, गोपाल थापाले ५ हजार ९ सय ३१ र मान बहादुर शाहीले ५ हजार ९ सय ३१ रुपैया सहयोग गरेका हुन । पीडित गोपाल खत्रीले हाल काठमाडौंमामा उपचार गराईरहेका छन् ।

आर्थिक अबस्था कमजोर भएका केसीले सामाजिक संजालमार्फत सहयोगको अपिल गरेका थिए ।

  • 15
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close