
सल्यान ।
सल्यानका शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । यो वर्ष लगातार वर्षात भएको र खोलाहरुको पानीको सहत बढेपछि जिल्लामा किसानहरु धान रोपाईमा व्यस्त हुन थालेका छन् । जिल्लाको खाद्यन्न उत्पादनको आधा हिस्सा ओगटेको शारदा नदीका फाँटहरुमा यतिबेला किसानहरुलाई धान रोप्ने चटारो भएकोे छ ।
प्रकाशित मिति: ९ असार २०७८, बुधबार १२:३१