Trending

पाेलेकाे मकै वेचेर सल्यानमै ८० हजार कमाइ

Triveni

सल्यान असार २४

टन्टलापुर घाम होस अथवा रुझाउने झरी । विहान होस दिउँसो होस अथवा साझँ । सडकको छेउमै ठुलो आगो बालेर मकै पोलिरहेका एक दम्पति । यो समयमा तपाईले राप्ती राजमार्गमा यात्रा गर्नुभयो भने यो दृश्य देख्नुहुन्छ । राप्ती राजमार्गको रामेखोला र ढोरचौर खण्डको विचमा पर्ने ठाउँमा सडक छउमै यो दृश्य देखिन्छ ।

शारदा नगरपालिका वडा नम्वर ७ कुरलका ५८ वर्षिय भदिराम बुढाथोकी दम्पतिको अहिलेको दिनचर्या भनेको विहान देखि बेलुका सम्म मकै पोलेर विक्रि गर्नु हो ।

पोलेको महै सडक छेउबाटै गोटाको २० रुर्पँयामा विक्रि हुन्छ । हामीले पु¥याउनै सक्दैनौँ भदिरामले भन्नुभयो एकै दिनमा ५ हजार सम्मको विक्रि हुन्छ । बाइकमा यात्रा गर्नेको रोजाईमा मकै निकै लोकपृय छ । लकडाउनको समयमा पनि दैनिकजसो ५० को हाराहारिमा गाडिहरु ओहोरदोहोर गर्छन उहाँले भन्नुभयो कतिले काचो मकै पनि लान खोज्छन् तर मैले पु¥याउन सकेको छैन ।

एक सिजनमा ८० हजार भन्दा बढि पैसाको पोेलेको महै विक्रि गर्छु उनले भने बुढाबुढीको मात्रै मेहनत हो यो भएको भए जति पनि विक्रि हुन्थ्यो ।

पाेल्ने वित्तिकै तात्ताताे मकै खान पाउदा सवै खुसि हुन्छन् उहाँले भन्नुभयाे खुसि हुदै पैसा दिन्छन् जसले गर्दा पैसा पनि कमाइ हुन्छ मन पनि प्रशन्न हुन्छ ।

बुढाथोकीले यो बाहेक अन्य कृषी कर्मबाट पनि पौसा कमाउछन् । तरकारी तथा अन्य अर्गानिक उत्पादनबाट वार्षिक ३ लाख बढि आम्दानी हुन्छ उहाँले भन्नुभयाे बेच्नको लागी कुनै समस्या छैन वस बेच्ने सामान हुनुप¥यो ।

कृषि कर्म गरेर दुई छोरालाई पढाएको उहाँले बताउनुभयाे । उनका जेठो छोरा शिक्षक छन् कान्छो छोरा इन्जिनियर छन् । यहि गरेर परिवार पालेँ छोराछोरी पढाएँ उहाँले भन्नुभयाे यसमै म रमाएको छु सकुन्जेल सम्म यहि गरेर पैसा कमाउछु ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker