कर्णालीको लोकप्रिय गन्तव्य बन्दै सल्यानको कुपिण्डे ताल

मिना बुढाथोकी/ तस्वीरः वामदेव केसी

“डुंगा सयर, पुजाआजा मागेको फल प्राप्त हुने विश्वास, तालले वर्षमा तिन किसिमको रंग बदल्ने, कहिल्यै धमिलो नहुने र जंगलको विचमा भएर पनि तालमा रुखका पात नहुने, तालकै छेउमा गाडि पुग्ने र तालसम्मै पुग्ने सजिलो सडकमार्ग, होम स्टे, हिमश्रृंखला अवलोकन आदि कुराहरु कुपिण्डेताल अवलोकन र पर्यटक आकर्षणका विशेषता बनेका छन् ।”

सल्यान १६ , पुस – सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको अवस्थालाई केलाउने हो भने सन २०१९ मा सवैभन्दा बढी ताल हेर्नकै लागी भनेर पर्यटक पुग्ने पर्यटकिय स्थल बन्यो । दैनिक १ सय देखि ५ सय सम्म पर्यटकहरु तालमा घुम्नका लागी पुग्ने गरेका छन् । ताल सम्मै गाडि पुग्न थालेपछि र दैनिक १८ वटा डुंगा तालमा संचालनमा आएपछि ताल हेर्न र तालको मनोरम प्राकृतिक आनन्द लिन आउने पर्यटकहरुको संख्या एकाएक चुलिएको छ ।


कर्णाली र प्रदेश नम्वर ५ का सल्यान, रुकुम पश्चिम, रुकुम पुर्व, जाजरकोट, दाङ्ग, रोल्पा, वाँके र वर्दियाबाट दैनिकजसो पर्यटकहरु तालमा पुग्ने गरेको   वनगाड कुपिण्डे नगरपािलकाका मेयर गाेविन्द पुनले बताउनुभयाे । नजिकका जिल्लाबाट तालको अवलोकन एव्म तालसंगै रहेको मन्दीरमा दर्शनका लागि पर्यटकहरुको आऊने गरेका छन् उनले भने टाढाका पर्यटक भने ताल हेर्न पुग्छन् । ताल हेर्नको लागी काठमाडौँ तथा देशका अन्य जिल्ला र विदेशी पर्यटकहरु समेत आउने गरेको कुपिण्डे संरक्षण समितिले जनाएको छ ।


कुपिण्ड संरक्षण समितिका अनुसार विगत गएको एक आन्तरिक एवम् वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । जिल्लामा विभिन्न कार्यक्रम लिएर आऊने सरकारी गैह्रसरकारी कार्यालयका ब्यक्ति, अन्य आगन्तुक लगायत देश भित्र र वाहिरका पर्यकटहरु समेत घुम्न आऊने गरेको कुपिण्डे संरक्षण समितिका अध्यक्ष तेज बहादुर कवरले बताउनुभयाे ।

बाटो बनेपछि यस वर्ष ३० हजार बढिले गरे तालको अवलोकन
सल्यान खलंगा – वालुवासंग्रही सडकको स्तरोन्नती भएसँगै सोहि खण्डमा पर्ने तालमा अहिले दैनिक ४०÷५० गाडि पुग्ने गरेका छन् कुपिण्डे ताल संरक्षण समितिका अध्यक्ष तेज बहादुर कवरले भन्नुभयाे छिन्चु सल्लीबजार सडक खण्डको वालुवासंग्रहीबाट धेरै पर्यटक ताल हेर्न भित्रिने गरेका छन् । वालुवासंग्रहीबाट कुपिण्डे झण्डै १२ किलोमिटरको दुरीमा पर्दछ । सल्यान खलंगाबाट भने झण्डै २० किलोमिटरको दुरीमा ताल रहेको छ ।


अहिले सुर्खेत र नेपालगंजबाट तिन घण्टा मै पर्यटकहरु तालमा पुग्छन, उहाँले भन्नुभयाे– विदेशी पर्यटकहरुपनि ताले अवलोकन गर्न आउछन् सन २०१९ मा ३० हजार बढिले ताल अवलोकन गरेको हामीले अनुमान गरेका छौँ ।


बनगाड कुपिण्डेमा रहेको कुपिण्डे ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जंगल र बीचमा नीलो आकाशझै दक्षिणतिर पैmलिएको मनै लोभ्याऊने दृश्य भएको तालको रुपमा कुपिण्डे ताल रहेको छ । कुपिण्डेतालको लम्वाई १२ सय २६ मिटर लम्वाइ, ३२ मिटर गहिराई, परिधि २ हजार ८ सय र क्षेत्रफल ३० हेक्टर रहेको कुपिण्डे संरक्षण समितिका अध्यक्ष कवरले बताउनुभयाे ।


डुंगा सयर, पुजाआजा, रंग बदल्ने, कहिल्यै धमिलो नहुने र जंगलको विचमा भएर पनि तालमा रुखका पात नहुने तालको विशेषता, होम स्टे, हिमश्रृंखला अवलोकन आदि कुराहरु कुपिण्डेताल अवलोकनका विशेषता हुन् । कवरले भन्नुभयाे अहिले त झन ताल स्थलमै गाडि पुग्न थालेपछि झनै सजिलो भएको छ । जिल्लामा पुग्ने जो कोहि पनि एक पटक कुपिण्डेताल पुगेर फर्कने गर्दछन् ।


धार्मिक आस्था मान्नेहरु कुपिण्डेको दर्शनका लागि पुग्ने गरेका छन् । स्थानिय दिपक यरीले भन्नुभयाे विहे गरेका नवदम्पत्ती र सन्तान नभएकाहरु सन्तान प्राप्तीको मनोकाक्षा पुरा हुने विश्वासले आऊने परम्परा रहेको छ । उहाँ भन्नुभयाे– तिहार पछिको मंसिरे पूर्णिमा र माघे संक्रान्तिको दिनमा यो तालमा विशेष मेला लाग्ने गर्दछ । यस्तै वैशाख पूर्णिमामा पनि ठूलो मेला लाग्दछ ।


वर्षेनी कुपिण्डताल संगै जोडिएको मन्दीरमा पुजा आजा गर्न आऊनेहरुको संख्या पनि वढेको मन्दिरका पूजारी लालबहादुर कुँवर को भनाई छ । उहाँले भन्नुभयाे यो वर्ष मात्रै १५ शहजार जति मन्दीरमा पुजा र दर्शन गर्न आए ।


कुपिण्डे तालले वर्षमा तीन रंग वदल्ने गर्दछ । वर्षा र हिऊद र गर्मी याममा तालले रंग वदल्ने गरेको पुजारी कवरले बताउनुभयाे । हामीले वास बस्ने गरि आएका पर्यटकहरुलाई घरमै बस्ने व्यवस्था मिलाएका छौँ उहाँले भन्नुभयाे।

आज भोली कुपिण्डे ताल बनभोज स्थलका रुपमा विकास भएको छ । जिल्लाका विभिन्न सरकारी तथा गैह्रसरकारी निकाय र विद्यालयहरुका विद्यार्थीहरु भम्रण मा जाने थलो वनेको छ । कुपिण्डेवाट चाखुरे, सिस्ने लगायतका हिम श्रृङ्खला हेर्न सकिन्छ । कुपिण्डे संरक्षण समितिले कुपिण्डे तालमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ । अहिले तालमा १८ वटा डुंगा स.चालनमा छन् ।

तालमा पानी कतैबाट आउँदैन तर दक्षिण खाडल भएर निस्कन्छ, वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालीज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न ताल वरिपरिको सय मिटर क्षेत्रभित्र कुनै पनि वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको कुपिण्डेताल संरक्षण समितिका अध्यक्ष कवरले बताउनुभयाे ।


पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डेताललाई विकास गर्नको लागी भने भ्रमण वर्षमा उचित कार्यक्रम राखेको देखिदैन ।

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार १७:४५