गंगामाला कालिमाटी भगवति मन्दिरः बाघमा सवार गुरुवादेखि माछाले खाएकी कन्या सम्मको किंवदन्ती

रमेश कुमार वली

गंगामाला कालिमाटी भगवति मन्दिर सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ३ राजिगाउँमा अवस्थित छ । जिल्लाको सदरमुकाम खलंगादेखि १६ कोषको दुरीमा रहेको यो मन्दिरको दक्षिणी भागमा शारदा नदि र छेउमै घना जंगल रहेको छ भने पुर्वमा कालिमाटीको खेतियोग्य जमिन रहेको छ । यस्तै पश्चिममा देतका फाँट र स्थानिय बजार रहेको छ भने उत्तर तर्फ महाभारत पर्वत श्रृंखलासँगै घना जंगल रहेको छ ।
यस गाउँको नाम राजिगाउँ किन रहन गयो भन्ने किंवदन्ति मन्दिरसँगै जोडिएको पाइन्छ । परापुर्व काल देखि नै यस मन्दिरमा राजि जातका गुरुवाले पुजापाठ गर्दै आएकोले यस वरपरको गाउँको नाम पनि राजिगाउँ रहेको बुझिन्छ । यस मन्दिरको वरपर सिमलका ठुलठुला रुख, पिपलका रुख तथा सालका रुख रहेका छन् । मन्दिरमा पुजापाठ गर्ने गुरुवाले तन्त्रमन्त्र गरि बाघमा सवार गर्थे भन्ने किंवदन्ती रहेको पाइन्छ ।
गंगामाला कालिमाटी भगवती मन्दिर अन्र्तरगत मुख्य मन्दिर करिव डेढ रोपनी क्षेत्रफलमा फैलिएको छ भने सहायक मन्दिर ३ आना क्षेत्रफलमा फैलिएकोमा स्थानिय भेग प्रसाद उपाध्यायले १ आना दर्तावाल जग्गा दान दिएपछि सहायक मन्दिरको क्षेत्रफल ४ आना पुगेको छ ।
पृष्ठभुमि
मन्दिरको स्थापना कसरी भयो भन्ने विषयमा पनि अनौठो तरीकाको किंवदन्ती छ । हाल गठित मन्दिर व्यवस्थापन समितिले अध्ययन तथा खोजविन गरि तयार पारेको मन्दिरको पृष्ठभुमि तथा ऐतिहासिक पक्षलाई केलाउदा यस किसिमको किंवदन्ती उल्लेख भएको पाइन्छ । जस अनुसार द्धापर युगको अन्त्य सँगै कलियुगको प्रारम्भ कालमा दाङ्गको वैवाङ्गमा श्रीधर शाह र गोत्री ठुकुरीको बसोबास रहेको थियो । उनको विवाह सल्यान कोर्वाङ्गझिम्पे निवासी सेन ठकुरीकी छोरी मालिकादेवि सँग भएको थियो । श्रीधर शाह र मालिकादेविको कोखबाट दुई छोरा पछि तेस्रो सन्तानको रुपमा कन्या जन्मीएको किंवदन्तीमा उल्लेख छ । कन्याको बारेमा ज्योतिषशास्त्रले वावुका मुल परेकी ठह¥याएपछि कन्याले वावुआमा दुवैलाई समस्यामा पार्ने र मर्ने भएकोले नदिमा बगाइदिन सल्लाह दिए । ज्योतिषहरुको सल्लाहपछि कन्याका वावुआमाले पानी नछिर्ने तरिकाले काठको वाकस बनाइ वाकसभित्र श्वास फेर्ने गरि कन्यालाई वैवाङ्ग नजिकैबाट ववई नदिमा बगाइदिएको किंवदन्तीमा उल्लेख छ ।
सोहि क्रममा कालिमाटी राजिगाउँबाट बोटेमाझिँ र कुमाल गरी दुईजना माछा मार्न शारदा नदि र ववई नदिको संगममा पर्ने रलाङ्गमा पुगेको वेला एउटा ठुलो माछा माझिँको जालमा प¥यो । माछा पाखा ल्याएर हेर्दा माछाको पेटमा केहि चिज त अवश्य छ नत्र यति ठुलो पेट हुनु नपर्ने भनि उनिहरुले अड्कल काट्न थाले । दुवैजनाले कसले वाहिरको अनि कसले भित्रको लिने भनेर होड्वाजि गर्न थाले सोहि क्रममा कुमालले म भित्रको रोज्छु भनेपछि माझिँले वाहिरको रलिने निधो ग¥यो । माछालाई दुवैको विचमा राखेर चर्दिा माछाको पेटमा ठुलो वाकस भेटियो । किवंदन्ती अनुसार संयोगले सो माछाले नदिमा बगाएकी कन्यालाई बाकससँगै निलेको रहेछ । बाकसको छेस्कनी उघारेर हेर्दा दुवैजनाले एउटा अत्यन्त शुन्दर कन्या देखे । भित्रको रोज्ने कुमालका संयोगवस छोराछोरी थिएनन् । कुमालले ति कन्यालाई धर्मपुत्री बनाएर पाल्ने निधो गरी लिए भने वाहिरीभाग रोजेका माझिँबोटेले माछा लिएर पकाइ खाए । उता कुमालले भने ति पुत्रीलाई गाईको दुध खुवाएर पाले । ति कन्या चन्द्रमा झैँ उज्जवल अत्यन्त सुन्दरी शुक्ल पक्षको चन्द्रमा झैँ दिनप्रतिदिन बढ्दै जाँदा १५ वर्ष पुगेर १६ वर्षमा लागिन ।

उता उनलाई जन्मदिने आमा मालिका देविको घरमै मृत्यु भयो । पत्नीको मृत्यु भएको डेढ वर्षपछि श्रीधर शाह अर्की श्रीमती विवाह गर्नको लागी घर वैवाङ्गबाट निस्किएर हिड्दा दाङ्गभरी केटी नपाउदा सल्यानको कालीमाटी राजिगाउँमा पुगे । केटी खोज्दै जाँदा उनि कुमालकै घरमा पुगे । उता कुमालले छोरी हुर्केर ठुली भईसकेकाले कन्यादानको लागी केटा खोजिरहेका थिए । दुवैपक्षको मञ्जुरी पछि विवाह हुने पक्का भयो ।
कुमालको कुलको चलन र रितीरिवाज अनुसार विवाह हुने निश्चित भयो । ववाहको मण्डपमा बस्ने वेलामा एक्कासी ति कन्याले भन्न थालिन–“हा दैव मेरा ! भन्य इश्वर वावा त माग्नै पो आए रे । के हाल्छन् वावाले छोरीको सिउँदोमा सिन्दुर । म जान्छु वस सवै धर्मका वावु घर्तिका अन्तर । शरण लिन्छु धर्तिको मैले यि धर्मका वावु कुलका कमाल ! यसै ठाउँमा जुन चिज मिल्ला जसैको सेवा गर्नु है तत्काल ! यति भनेर विवाहमा बसेको ठाउँमै उनि अलप भईन, या मरिन । तिनका साथसाथै कुमाल वावु पनि मरे भने उनका वावु श्रीधर शाह त्यहाँबाट नै काँसी गए ।
त्यो ठाउँमा सेवा गर्ने कुनै व्यक्ति भएन । ति कन्याले माझिँबोटेलाई सपनामा हे राजी तिम्रा समुन्ने एउटा पत्थर उत्पन्न होला र सोहि पत्थरको सेवा गर्यौ भने म प्रकट हुनेछु । तिमि दुई जनाले माछाको पेटभित्रको बाकसबाट मलाई फेला पारि ल्यायौ उहि छोरी बज्य ठकुरानी गगांमाला हो भनेर सपनामा भनिन् । त्यसपछि कालिमाटी राजिगाउँका वलु राजीले यधिष्टिर सम्वत ५ भाद्र १६ देखि कालीमाटी वज्यू ठकुरानी गंगामालाको पुजा हुन लागेको किंवदन्तीमा उल्लेख छ । अहिले पनि तपाइ हामी कालिमाटी गंगामालामा पुगेपछि गंगामालाको चित्र अंकित आफै उत्पत्ति भएको उक्त शिला देख्न सक्छौँ । गंगामाला मन्दिरको ऐतिहासिक पक्षलाई केलाउदै जाँदा पुर्व राजा गिर्वाणयुद्ध विर विक्रम शाह, राणकालिन प्रधानमन्त्री विर शमसेर, सल्यानी राजा रणभिक शाहले वि.स. १०५६ मा दिएको २५० मुरि फल्ने खेत गंगामालाको पुजा खर्च गुठि विर्ता पुनः नविकरण भएको थियो । तर सो गुठिको जग्गा वि.स. १९९४ सालमा मोठ दर्ता हुदा कसैले आफ्नो नाममा बनाएको देखिन्छ । हाल स्थानिय राजी गुरुवाहरुले मन्दिरमा चढाएको बोकाको टाउको र भेटी दक्षिणाबाट पुजाआजा गर्दै आएका छन् ।
गंगामालाको दर्शनको लागी सल्यान जिल्लाका भक्तजनहरुको अलावा दाङ्ग, प्युठान, रुकुम, रोल्पा, जाजरकोट, सुर्खेत, दैलेख, वाँके, वर्दिया, कञ्चनपुर लगायतका जिल्लाहरुबाट वर्षेनी सयौँ भक्तजनहरु आउने गर्दछन् । वर्षैभरी पुजाआज गर्न सकिने यस मन्दिरमा श्रावण संक्रान्तीदेखि बाह्र भदौको भदौ १५ गते सम्म भने पाठापाठीको वलि दिन पाइदैन । यस्तै गाइको दुध खुवाएर पालेका पाठापाठी र लुरकन भएका पाठापाठीको वली पनि मन्दिरमा निषेध गरिएको छ ।
कालिमाटी गंगामालाले दुधको दुध पानीको पानी छुट्याएर हरेक भक्तजनलाई न्याय दिन्छीन भन्ने विश्वास यस मन्दिरमा पुजा गर्ने फर्कने भक्तजनहरुको देखिन्छ । मन्दिरको पुजाआजा र विकासलाई व्यवस्थीत गर्नका लागी हाल स्थानियहरु मिलेर गंगामाला भगवती मन्दिर व्यवस्थापन तथा संरक्षण समिति बनाएका छन् । स्थानिय शिव बहादुर खत्रीको अध्यक्षतामा बनेको समिति १३ सदस्यीय रहेको छ ।
सन्दर्भ सामाग्रीहरु
ड्ड कालिमाटी गंगामाला मंदिर व्यवस्थापन तथा संरक्षण समिति
ड्ड स्थानिय वासिन्दाहरुको मौखिक कुराकानी
ड्ड गंगामाला मन्रिको चिनारी सम्वन्धि मन्दिर व्यवस्थापन समितिले तयार पारेको पुस्तक
ड्ड सल्यान पर्यटन

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार १८:१७