पोलमा खिया लागिसक्यो, विजुली नहुँदा दियालोको भर

चिकित्सक भन्छन्, दियालोको धुँवाले स्वास्थ्य समस्याको जोखिम

मिना बुढाथोकी

सल्यान असोज ४
विद्यालय पुग्न घरबाट करिब १ घण्टाको बाटो । गाउँमा बिजुली पनि छैन । बालबालिकाले भने जस्तो पढ्न न पाएको पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउने सपना देखेका कालीमाटी गाउँपालिका वडा नम्बर ७ काप्रेचौरका टेक बहादुर बिकले घरमा सोलार राखेको झण्डै दशक बित्यो।


गाउँमा बिजुली नहुदाँ बर्षौ देखी दियालो र टुकिको भरमा जीवननिर्वाह गर्दै आएको विकले बताउनुभयो । ‘घरमा उज्यालो बनाउने र छोराछोरीको पढाइमा सहजताको लागि सामान्य सोलार जडान गरेको हुँ उहाँले भन्नुभयो ‘विजुली आउने छाँट छैन्,सोलार पनि पुरानो हुदैँ गएकाले २÷४ घण्टामा नै चार्ज सकिन्छ । उहाँका अनुसार काप्रेचौरका ५ सय बढी घरधुरीमध्ये केही गाउँमा मात्रै बत्ती वलेको छ ।


‘दिउँसो छोराछोरी स्कुल जान्छन । साँझ बत्ति नहुँदा गृहकार्य गर्न पनि मुस्किल हुन्छ, स्थानीय मुनी घर्तीको दुःखेसो छ । उहाँका अनुसार दियालोको जोहो गर्न वन नगइ हुँदैन । बिहान गएपछि साँझ मात्रै घर फर्किनु पर्ने हुन्छ ।


दियालोको उज्यालोमा छोराछोरीको भविश्य खोजी रहेको बताउँर्दै उहाँले भन्नुभयो, हाम्रो पालामा त पढ्ने अवसर जुरेन, छोराछोरीलाइ भने जसरी पनि पढाउन खोजेको छु । गाउँमा बिजुली भएको भए प्रविधिमा समेत पहुँच पुग्ने थियो र बाहिरी ज्ञान पनि हासिल गर्न सकिने थियो होला उहाँले भन्नुभयो, तर यहाँ त दिउसोको पढाइले मात्रै कति पुग्ने थियो र?।


समस्या कालीमाटी गाउँपालिकाको मात्रै हैन् बनगाड कुपिण्डे नगरपालिका –१ मा पनि बिद्युतीकरणका लागि पोल गाडेको झण्डै ५ बर्ष भयो । बर्षौ पहिले गाडिएका ती पोलमा खिया लागेको छ । बेवारिसे अवस्थामा पोल ठडिएका छन्। तर अझै बत्ती बल्न सकेको छैन् । स्थानिय इन्द्र डिसीले पोल गाडेको लामो समय हुदाँ पनि माल्पे क्षेत्रमा बत्ती बल्न नसकेको बताउनुभयो ।


‘शुरुमा गाउँमा बिजुलीका पोल गाड्न थालेपछि स्थानिय निकैखुसी भएका थिए, अब अध्यारोमा बस्नु पर्दैन भनेर सबै उत्साहित थिए,उहाँले भन्नुभयो ‘आजभोली भन्दाभन्दै झण्डै पाँच बर्ष बढी भयो तर गाउँमा बत्ती वलेको छैन्,गाडिएका पोलमा खिया लागेको छ ।उहाँले गाउँमा बिद्युतीकरण गर्न ढिलाइ हुदाँ नागरिकले दियालो र टुकिको भरमा जीवननिर्वाह गर्दै आएको बताउनुभयो ।


धुँवा स्वास्थ्यका लागी एकदमै हानिकारक छःस्वास्थ्यकर्मी


यता स्वास्थ्यकर्मीहरुले दियालो बाट आउने धुँवा स्वास्थ्यका लागी एकदमै हानिकारक हुने गरेको बताउँछन् ।बिजुली नहँुदा विकल्पमा दियालो बाल्दा त्यसको धुँवाले स्वास प्रस्वासमा प्रत्यक्ष असर गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर अभिसेक सिंहले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो–‘दियालोको धुँवाले आँखासम्बन्धी विभिन्न रोग पनि लाग्छ । दियालोको प्रकाश बिजुली भन्दा कम हुने हँुदा बालबालिकाले पठनपाठन गर्दा पुस्तक आँखा नजिक लिएर पढ्नु पर्ने हुन्छ, जसका कारण आँखाको ज्योतीमा पनि असर पर्न जान्छ ।,


३५ दशमलव ६१ प्रतिशत जिल्लावासी अझै विजुलीको पहुँच बाहिर


जिल्लामा बिद्युतीकरणका लागि बर्षेनी करोडौँ रुपैँया खर्च हुदैँ आएपनि अझै जिल्लाका नागरिक बिजुलीको पहुँचमा पुग्न सकेका छैनन् । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाका अनुसार जिल्लाका ३५ दशमलव ६१ प्रतिशत जिल्लावासी अझै विजुलीको पहुँच बाहिर रहेका छन् । कार्यालयका सुचना अधिकारी मदन भण्डारीले हालसम्म जिल्लाका ६४ दशमलव ३९ प्रतिशतमा मात्रै बिद्युतीकरण गरिएको बताउनुभयो ।


‘सबैलाई बिजुलीको पहुँचमा ल्याउनको लागि संघ, प्रदेश र स्थानिय तहले पनि काम गरिरहेका छन्, अहिले जिल्लामा बिद्युतीकरणको काम तिव्रगतिमा भैरहेको छ, उहाँले भन्नुभयो ‘अबको केहीबर्षमा नै सबै नागरिकलाई बिद्युतको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो।’ उहाँले बाफुखोलाका करिब ३ सय घरधुरी स्थानिय लघुजल विद्युतबाट लाभान्वित भएको भएपनि जिल्लाभर भने केन्द्रिय प्रशारण लाइन विस्तार गरिएको बताउनुभयो ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलवार १०:३६