
कसरी सुरु भयो कपुरकोटमा तरकारी खेति ?
छ महिनाको अवधिमा सल्यान कपुरकोटका किसानहरुले तरकारी विक्रि गरेर १७ करोड २३ लाख बढी रकम हात पारेका छन् । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार देशका विभिन्न शहर बजारबाट कपुरकोट आएर व्यापारिहरुले किसानहरुसंग १७ करोड २३ लाख १६ हजार ५९० रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल खरिद गरेर लगेका हुन् । गत जेठ २३ गते देखि कार्तिक ३० गते सम्म ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी तथा फलफुल कपुरकोट स्थित तरकारी बजारबाट किसानहरुले विक्रि गरेको बजार केन्द्रले जनाएको छ । वेमौसमी तरकारी खेतीका लागि ख्याती कमाएको कपुरकोटमा यो मंशिर महिनामा पनि तरकारी खरिद विक्रि भइरहेको छ ।
देशकै ठूला तरकारी बजार मध्येको सल्यान कपुरकोटको तरकारीबाट वर्षेनी करोडौँको तरकारी जिल्ला निकासी हुने गरेको छ । यो छ महिनाको अवधिमा कपुरकोट स्थित तरकारी बजारबाट ४१ लाख २३ हजार २९१ किलो ताजा तरकारी, ६७ हजार ३७० किलो अदुवा र १८ हजार ४३१ किलो फलफुल निकासी भएको कृषि उपज बजार केन्द्रका कर्मचारी चन्द्रमणी खड्काले जानकारी दिए । यहाँका किसानले बिशेष गरेर टमाटर, काउली ,बन्दागोपी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु, कांक्रा, गाजर, हरियो धनिया, अदुवा लगायतका बेमौषमी तरकारी तथा फलफुल उत्पादन गर्ने गर्दछन् । यहाँबाट सबै भन्दा बढी टमाटर निकासी हुने गरेको छ । जेठ २३ देखि कार्तिक ३० गते सम्म निकासी भएको ४२ लाख नौ हजार ९२ किलो तरकारी मध्ये १३ लाख ८१ हजार ३४३ किलो टमाटर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटको विवरणमा उल्लेख छ । कपुरकोट क्षेत्रमा किसानहरुले ब्यवसायीक रुपमा वेमौसमी ताजा तरकारी उत्पादन गर्नेगरेका छन् । खेतीयोग्य जमिनको अधिकांश जमिनमा किसानहरुले विगतका वर्षहरु देखि नै ताजा तरकारि, फलफुल र अदुवा खेती गर्दै आएका छन् ।

गत वर्षको तरकारी सिजनमा पनि कपुरकोट तरकारी बजारबाट ४० लाख ५० हजार ७९ किलो तरकारी विक्रि गरेका थिए । जसबाट १८ करोड ७७ लाख १८ हजार ४११ रुपैयाँ आम्दानी भएको थियो । किसानहरुले सिधै व्यापारिहरु संग मोलमोलाइ गरेर तरकारि वेच्ने गरेका छन् । तथापी किसानहरुले व्यापारिले जुन मुल्यमा भन्छन् त्यहि मुल्यमा तरकारि वेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन् । अझै पनि यहाँका किसानले उन्नत जातको विउ, मल र प्राविधिक ज्ञान पर्याप्त रुपमा पाउन सकेका छैनन् ।
कसरी सुरु भयो कपुरकोटमा तरकारी खेति ?
बि.स. २०४२÷०४३ सालमा स्थापना भएको राप्ति एकिकृत ग्रामिन विकास परियोजनाले राप्तिका पाँचै जिल्लामा गरेको अनुसन्धाबाट सल्यान जिल्लाको यस क्षेत्रमा वेमैसमी तरकारी खेति गर्न सकिने उपर्यूतm स्थान भएको ठानेर त्यस परियोजनाले यस क्षेत्रमा (भीएफसी) कार्यक्रम लागु गरि सुरु गरेको देखिन्छ । कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्ष शोभाकर शर्माका अनुसार भीएफसी कार्यक्रम लागु भएपछि यस क्षेत्र वरपरका किसानहरुलाई समेटेर वेमौसमी तरकारी एवंम् फलफूल सम्बन्धि आधुनिक खेति प्रणालिको बारेमा विभिन्न तालिम एवम् ज्ञान बांड्ने, रोगनासक किटनासक औषधिहरुको वारेमा जानकारी एवंम् बजारीकरणको ज्ञान दिन थालियो ।
यसरी बढदै गएको कृषि उपज बजारलाई अझ व्यबस्थित बनाउने उदेश्यका साथ २०४७ सालमा हिमाली वेमौसमि ताजा तरकारी फलफूल उत्पादन संघ दर्ता गरि एउटा कार्यसमिति पनि गठन गरिएको थियो । जसको अध्यक्षमा ईश्वरी प्रशाद शर्मा लाई चयन गरियो । उक्त समिति, भीएफसी, जिल्ल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र, स्थानिय निकाय एवंम् आम जनसमुदायहरुबाट कपुरकोटको कृषि उपज बजार केन्द्रको विकास एवंम् व्यबस्थापन गरिएको थियो । ‘त्यस पछि यस क्षेत्रका किसानहरुले वेमौषमी तरकारि एवम् फलफुल खेती शुरु गरेको पाइन्छ । शुरुमा यस क्षेत्रमा केराउ खेती गरिएको थियो’, बजार केन्द्रका पूर्व अध्यक्ष शर्माले भने ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार ०७:०७