
कभरखबर १८, पुस।
१. चिसो बढ्दा जनजिवन कष्टकर –पश्चिमी न्यून चापीय वायुको प्रभावले शुक्रबार देशभरको मौसम बदली भएको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात परेको छ भने काठमाडौंसहितका पहाडी जिल्लामा पानी परेको छ । तराईमा हुस्सु, वर्षा र पहाडी तथा हिमाली जिल्लामा हिमपात हुदाँ जनजीवन प्रभावित बनेको छ ।
२. नेकपाले टुंग्यायो सांसदको नाम –माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १६ जना उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पूर्व एमालेबाट ९ र पूर्व माओवादीबाट ७ गरी १६ जना उम्मेद्वारको टुंगो लगाएको हो ।
३. मुआब्जा दिदाँ लागत बढ्यो –मन्त्री पुन –उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत आयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले आयोजना प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताउनुभयो ।
४. पुष्पलाल राजमार्ग ४२ प्रतिशत प्रगति, ४१ अर्ब खर्च –पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ । संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताउनुभयो ।
५. फास्ट ट्रयाक १५ प्रतिशत सम्पन्न –नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्गको भौतिक प्रगति १५ दशमलव आठ छ प्रतिशत सम्पन्न भएको जनाएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा सेनाले यो आर्थिक वर्षमा भौतिक प्रगति १५ दशमलव ८ प्रतिशत र वित्तिय प्रगति १ दशमलव दुई शुन्य प्रतिशत रहेको जनाएको हो ।
६. नेपाल संधै शान्तिको पक्षमा –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरमोनी अफ नेपाल’ लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैं विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताउनुभएको हो । उहाँले २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने विश्वास ब्यक्त भयो ।
७. प्रधानन्यायाधिशको एकबर्ष पुरा –प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पद्भार सम्हालेको १ वर्ष पुरा गरेका छन् । शुक्रबार सर्वोच्च अदालतमा पत्रकार सम्मेलन गदै प्रधानन्यायाधीश राणाले आफुले एकबर्षको अवधिमा अदालतमा हुने अनियमितता कम गर्न पहल गरेको, पुराना मुद्धा फर्छौटको अनुपात बढाएको र मुद्धा व्यवस्थापन र न्याय सम्पादन प्रक्रियामा उल्लेख्य सुधार गरेको उल्लेख गरेका छन् ।
८. पोखरा विमानस्थलको ५४ प्रतिशत काम सम्पन्न –राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । अहिलेसम्म ५४ प्रतिशत काम सकिएको विमानस्थल आयोजनाले आगामी २०२१ जुलाईसम्म विमानस्थल निर्माण कार्य सक्ने लक्ष्य लिएको छ । यो विमानस्थल निर्माण भए त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल विकल्पका रुपमा पनि अगाडि बढ्न सक्ने छ ।
९. फोहोर व्यवश्थापनमा सधै चुनाैती –काठमाडौं उपत्यकाको फोहोर दिगो व्यवस्थापनका लागि सरकारले चासो देखाएको छ । यसका लागी नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरे डाँडो छनोट गरि काम शुरु गरिएको छ । शुक्रबार शहरी विकास राज्यमन्त्री सहितको टोली र अन्य सम्बन्धित निकायका पदाधिकारीहरुले समेत फोहर फाल्ने स्थानको निरीक्षण गरेका छन् । तर स्थानियबासी भने आफ्ना माग पुरा नभएसम्म काम अगाडी बढाउन नदिने अडानमा छन् ।
१०. उखु किसान र सरकारबीच पाँचबुँदे सहमति –उखु किसान र सरकारबीच पाँचबुँदे सहमति भएको छ । दुईसाता अघिदेखि आन्दोलनरत सर्लाहीका उखु किसान र सरकारबीच शुक्रबार पाँचबुँदे सहमति भएको हो । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिने सहमतिसमेत भएको छ । किसानका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्न र भएका सहमति कार्यान्वयन गर्न उद्योग मन्त्रालयले सधै सकारात्मक भूमिका खेल्ने उद्योगमन्त्री लेखराज भट्टले बताउनुभयो । किसानहरुसँगको वार्तामा सरकारले आगामी माघ ७ गतेसम्ममा चिनी मिलहरुबाट डेढ अर्ब वक्यौता रकम भुक्तानी गराइसक्ने लिखित प्रतिवद्धता जनाएको छ ।
११. एघार खर्ब ८८ अर्ब लगानी –लगानी बोर्डले गत बर्ष लगानी सम्मेलनमा प्रस्तुत गरिएका ५० वटा सार्वजनिक परियोजनामध्ये १४ परियोजनाको पूर्वमूल्यांकन सम्पन्न गरी लगानीकर्ताको सुची तयार गरेको छ । लगानी बोर्डले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारिएको जनाएको हो ।
प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार २२:०४