
सल्यान – दक्षिण यशियाली खेलकुद (साग) को म्याराथनमा नेपाललाई नै पहिलो रजत पदक जिताउन सफल सल्यानी चेली म्याराथन धाविका पुष्पा भण्डारी हिजो आज सम्मान ग्रहणमा व्यस्त छिन् । कर्णाली प्रदेश सरकारबाट नगद २ लाख सहित सम्मानित भइसकेकी पुष्पालाई मंगलबार गृह जिल्ला सल्यानको कपुरकोटमा स्वागत र सम्मान गरिएको छ ।
शारदा नगरपालिका १४ मालनेटा स्थित स्याला घर भएकि पुष्पाले सागमा रजत पदक जितेपछी चारैतीरबाट बधाई र थप हौसला प्राप्त गरिरहेकी छिन् । गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले कपुरकोटमा पुष्पालाई सम्मान गर्दै सल्यानकाे गौरव बढेको बताए ।
कपुरकोट गाउँपालिकाका प्रमुख समेत रहेका सेनले आफु पनि खेल क्षेत्रको विकासमा लागिरहेको अवगत गराउँदै यस वर्ष सञ्चालन हुने अध्यक्ष कप तथा राष्ट्रिपति रनिङ सिल्डमा धेरै विधाका खेल समावेश गरिने प्रतिवद्धता जनाए । कपुरकोट खेलकुद विकास समितीको आयोजनामा पुष्पालाई सम्मान गरिएको हो ।
होँची पुष्पालाई उचाईले रोकेन अघि बढ्न
४ फिट ११ ईन्च उचाई भएकी पुष्पा २३ वर्ष पुगिन् । उनले खेलको सुरुवात कपुरकोटबाट नै गरेकी थिइन् । पुष्पाले कभरखबर संग भनिन्, ‘म २०६३ सालमा नेरामावि किमुचौर ( कपुरकोट ४ सल्यान) मा दौड प्रतियोगीतामा भाग लिएकि थिएं । त्यतिखेर मं त्यस्तै ९÷१० वर्षकी थिएं , कक्षा ६ मा पढिरहेकी थिएँ। कपुरकोटबाटै मेरो खेल यात्रा सुरु भएको हो ।’ २०६८ मा आयोजना गरिएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ वर्षको उमेरमा दौडिएर दोश्रो भएकि पुष्पा १२ औँ साउन एशियन खेलकुदमा पनि भाग लिइन् । तर त्यतिखेर उनी दौड्दा दौडदै वेहोस भइन् । ‘म विरामी पनि थिएं, दौडने क्रममै लडेछु,’ उनले भनिन् ।
२०६९ मा आयोजना गरिएको उक्त प्रतियोगितामा पुष्पा पहिलो भइन् । त्यस पछि २०७० सालदेखी शशस्त्र प्रहरी क्लवमा करारमा आवद्ध भईन् । क्लव भित्र राम्रो प्रशिक्षण पाइरहेकी उनी २०७५ जेठ देखी शशस्त्र प्रहरी क्लवमा स्थायी रुपमा आवद्ध छिन् । पुष्पाको विश्व ओलम्पीक सम्म पुग्ने लक्ष्य छ । लगत्तै उनी एशियन खेलकुद प्रतियोगितामा भाग लिने तयारिमा छिन् ।
एक त होँचो कदकी पुष्पा त्यस माथी १२ औँ सागमा असफल भएपछि उनी सल्यान फर्किएर पढाईतिर नै बढी ब्यस्त भइन् । पुष्पाले भनिन्, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा अरु खेलाडिहरु अग्ला अग्ला हुन्थे, मं होची भएकाले खेल खेल्न सक्दैन जस्तो लाग्थ्यो ।’ तर उनलाई आफ्ना गुरुले हौसला प्रदान गरे । पुष्पालाई राष्ट्रिय प्रतियोगिता सम्म पुर्याउने गुरु सल्यानका खेलाडि रविन राई हुन् भने अन्तराष्ट्रिय स्तरका खेल सम्म पुर्याउने गुरु दाङका धनीराम चौधरी हुन् । उनले भनिन्, ‘रविन गुरुले होँची भएकै कारण खेल खेल्न सक्दीन होला भन्ने भ्रम त्याग्न भन्नुभयो र गुरुको हौसला पाएपछि म लुम्बीनी च्याम्पियनसिपमा भाग लिएं ।’ २०६९ मा आयोजना गरिएको उक्त प्रतियोगितामा पुष्पा पहिलो भइन् । त्यस पछि २०७० सालदेखी शशस्त्र प्रहरी क्लवमा करारमा आवद्ध भईन् । क्लव भित्र राम्रो प्रशिक्षण पाइरहेकी उनी २०७५ जेठ देखी शशस्त्र प्रहरी क्लवमा स्थायी रुपमा आवद्ध छिन् । पुष्पाको विश्व ओलम्पीक सम्म पुग्ने लक्ष्य छ । लगत्तै उनी एशियन खेलकुद प्रतियोगितामा भाग लिने तयारिमा छिन् ।
विहे गर्ने उमेर भइसक्यो, खेलेर मात्रै हुन्छ ? भन्नुहुन्छ
पुष्पालाई खेल क्षेत्रमा अझै कडा मिहेनतको खाँचो छ भने थुप्रै सफलताहरु प्राप्त गर्नुछ । तर निरन्तर अभ्यास र प्रशिक्षणको खाँचो छ, उनी यसमै व्यस्त छिन् । यद्यपी घरबाट कहिले काहीँ विहेको कुरा आउनेगरेको पुष्पा बताउँछिन् । उनले भनिन्, ‘खेलको लागी घरपरिवााट राम्रो साथ पाएकि छु, तर कहिलेकाहीँ घरमा विहे गर्ने उमेर भइसक्यो, खेलेर मात्रै हुन्छ ? भन्नुहुन्छ ।’ अहिले नै विहे गर्ने सोँच नरहेको पनि उनले बताइन् । आमा, बुवा र दुई जना दाई घरमा भएको जनाउदै पुष्पाले एक जना दाई नेपाली सेनामा रहेको बताइन् । दाईहरुबाट पनि निकै राम्रो साथ पाएकि छु, उनले भनिन् ।
विद्यालय दौदिएर जानु पथ्र्याे
त्रिजमावि मालनेटामा अध्ययन गरेकी पुष्पालाई घरबाट विद्यालय पुग्न एक घण्टा बढि लाग्थ्यो । विद्यालय टाढा भएका कारण कहिलेकाहीँ घरबाट निस्कन ढिला भयो भने दौडेर जाने गर्थिन । उनले भनिन्, ‘विद्यालय जान एक घण्टा लाथ्यो, ढिला हुँदा दौडिएर आधा घण्टामै पुग्थेँ । त्यतिखेरदेखी नै दौडन बानी पर्याे ।’ मंगलबार कपुरकोटमा सम्मान ग्रहण गर्दै पुष्पाले खेल क्षेत्रमा व्यहोर्नुपरेको दुःख कष्ट पनि सुनाइन् । ‘खेल खेल्नका लागी प्रयोग हुने जुत्ता २० हजार सम्म पर्दथे, आफुसंग पैसा नहुँदा समस्या हुन्थो,’ उनले अघि भनिन्, ‘तर हिम्मत नहारेर लगनशिल भएर लाग्ने हो भने अभावको विचबाट पनि सफलता पाउन सकिने रहेछ ।’
कार्यक्रममा कपुरकोट १ का वडाध्यक्ष बालाराम खड्का, २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन, ४ का वडाध्यक्ष हरिलाल पुन, ५ का वडाध्यक्ष यम कुमार वस्नेत, ६ का वडाध्यक्ष हेरम बुढाथोकी, नेपाल शिक्षक महासंघ कर्णालीका उपमहासचिव बामदेव अधिकारी, शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारी, खेल शिक्षक बामदेव अधिकारी, नेरामावि किमुचौरका प्रअ सिट्टी साप विष्ट, खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसी, कोषाध्यक्ष मित्र कठायत, खेलप्रेमी जित प्रसाद आचार्य, शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरी, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा, विद्यार्थी लगाएतले पुष्पालाई स्वागत सम्मान गर्दै अझै बढी सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल मार्सल आर्ट हप्की डो संघ सल्यानका अध्यक्ष तथा कपुरकोट खेलकुद विकास समितीका सचिव शेर बहादुर पुनले गरेका थिए ।
प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार १५:१८