जिल्ला अदालत सल्यानले गर्याे तुलसिपुरका ब्यापारी श्रेष्ठको अपहरण र हत्यामा संलग्नलाई जन्म कैदको फैसला

सल्यान– जिल्ला अदालत सल्यानले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेकालाई जन्मकैदको फैसला सुनाएको छ । घटना भएको तीन वर्षपछि फैसला सुनवाई गर्दै जिल्ला अदालत सल्यानले दशवर्ष देखी जन्मकैद सम्मको फैसला सुनाएको हो ।

सल्यान अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ। घटनाका मुख्य योजनाकार भनिएका टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्दामा थप दश वर्ष कैद फैसला सुनाइएको छ । तुलसिपुर ६ का टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्दामा थप दश वर्ष कैद फैसला सुनाइएको हो ।

व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनमापछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो । अदालतले पुजा घर्ती, अंविरल महतारा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रुगत थापा र बिरे घर्तीलाई अपहरण मुद्दामा कारागार चलान गरेको छ ।

यस्तै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाइ दिएको छ । दाङ प्रहरीले घटनाका मुख्य योजनकार सहित १४ जना संलग्न भएको भने पनि ११ जना मात्र पक्राउ परेका छन् । फरार रहेका अन्य तीन जना भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार ०९:३२