आज मौसम सफा, भोलि र पर्सिको अवस्था कस्तो छ ?

काठमाण्डौँ – आज शनिबार देशभरको मौसम सफा रहने भएको छ । नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने महाशाखाको अनुमान छ । विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

शनिबार दिउँसो – मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
शनिबार राति – देशका पश्चिमी भू भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
आईतबार दिउँसो – देशभर मौसम सामान्यतया सफा रहनेछ ।
आईतबार राती- देशभर मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार दिउँसो – देशभर मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार राति – देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार ०९:५७