दलदलमा भासिएर मर्याे पोथी गैंडा, खाग र खुरहरु सुरक्षित

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटिएको छ । निकुञ्जको घडगाई पोष्ट नजिक पोथी गैंडा मृत भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । अन्दाजी २० बर्षको गैंडालाई एक्जाभेटर लगाएर बाहिर निकालिएको छ । गैंडाको खाग र खुरहरु सुरक्षित छन् ।

भाले गैंडाले लेखेटर भाग्न खोज्दा गैंडा दलदलमा भाँसिएको हुनसक्ने सहायक संरक्षण अधिकृत रमेश यादवले बताए । जाडोयाम गैंडा प्रजननको समयका रुपमा लिइन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा यो सहित ७ वटा गैंडा मरेका छन् । गत  बर्ष ४३ गैंडा मरेका थिए ।

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार १७:४९