आफैलाई कन्चटमा गोलि हान्दा जाजरकोटमा प्रहरी हवल्दारको मृत्यु

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए । रासस

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १०:३३