
काठमाडौं–१, माघ।लुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।
बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । घटनामा कुनै मानवीय क्षति नभएकाे महानगरीय प्रहरी परिरसर, काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए ।
विप्लव समूहले विस्फोटकाे जिम्मा लिएकाे छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।
प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा पनि गरेको छ । बालुवाटारको जग्गामा ब्यानर राखेर ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख गरेकाे छ ।
प्रकाशित मिति: १ माघ २०७६, बुधबार २१:३७