
काठमाडौं । होचा व्यक्तिको विश्व कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा थापाको निधन भएको हो ।
मणिपाल अस्पतालको सघन उपचारकक्षमा उपचार गराईरहेका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण थापाको निधन भएको चिकित्सकले बताएका छन् ।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।
२०४९ साल असोज १८ गते बाग्लुङ धुल्लुवासकोटमा थापाको जन्म भएको थियो ।
प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार १८:४८