गैर सरकारी संस्था महासंघ सल्यानमा शाहीको नेतृत्व, सरकारले स्पष्ट नीति ल्याउनुपर्ने

सल्यान –  दिपेन्द्र कुमार शाहीलाई अध्यक्षमा चयन गर्दै गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको अधिवेशन सम्पन्न भएको छ । महासंघको छैठौँ जिल्ला अधिवेशनले शुक्रबार राती सर्वसहमत रुपमा जिल्ला कार्यसमितीको टुंगो लगाएको हो ।

जसको उपाध्यक्षमा सन्तोष विक, सचिवमा तप्त बहादुर सेजवाल, सह सचिवमा गुमान सिंह नेपाली र कोषाध्यक्षमा एलिना डिसी चयन भएका छन् । सदस्यहरुमा विजय शरण आचार्य, मानसिंह विक, रेशम भण्डारी, शिवलाल डाँगी, जितेन्द्र विक्रम डाँडी, केशरी श्रेष्ठ, आशा शाही, तुलसा कुमारी रावत, बम बहादुर केसी, नवराज ओली, घनश्याम गिरी र एलिशा डिसी चयन भएका छन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव डिल्लु घिमिरेले गैरसरकारि संस्थाले देशको विकासमा योगदान पुर्याएको बताउँदै स्थानीय, प्रदेश तथा केन्द्र सरकारसंगको समन्वयमा वेरोजगार हटाउने कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखेका थिए ।

यस्तै महासंघका कर्णाली प्रदेश ईन्चार्ज खिम ब शाही, कर्णालीका अध्यक्ष हरि घिमीरे, केन्द्रीय सदस्य दिपेन्द्र प्रकाश डिसी लगाएतले बोल्दै राष्ट्रको परिवर्तनमा गैर सरहकारी संस्थाको ठूलो योगदान रहेको चर्चा गर्दै गैरसरकारी संस्थाका विषयमा स्पष्ट नीति र कानुनको आवश्यकता औँल्याएका थिए । अहिले राज्यको नयाँ संरचना निर्माण भएको अवस्थामा गैसस कहाँ कहाँ दर्ता गर्ने, केके विधि पुरा गर्ने लगाएतका विषयमा स्पष्ट नीति ल्याईदिन सरकार समक्ष माग पनी गरेका थिए ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार ०९:५०