कपुरकोट गाउँपालिकामा २५ टोल पूर्ण सरसफाई उन्मुख घोषणा

सल्यान– सल्यानको कपुरकोट गाउँपालिकाका २५ टोल पूर्ण सरसफाई उन्मुख टोलको रुपमा घोषणा भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा रहेका सात टोललाई सोमबार एक साथ पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । यस अघि वडा नम्बर ६ मा १६ वटा र वडा नम्बर ५ मा २ टोल घोषणा भइसकेको सरसफाई स्वयमसेवक कृष्ण गौतमले बताए । मंगलबार वडा नम्बर ६ जलवाङ स्थित पोखरी र घोयलडाँडालाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्ने तयारि छ ।

सोमबार वडा नम्बर ५ को ¥याले, मेलचौर, ओखरपाटा, बरले, खजुरे, साउनेपानी र शितल बजारलाई घोषणा गरिएको कपुरकोट गाउँकार्यपालिका सदस्य कमला विकले जानकारि दिईन् । वडा स्तरिय अनुगमन समितिले अनुगमन गर्दा सात टोलका २ सय २४ घरपरिवारले पूर्ण सरसफाईका सूचकहरु पुरा गरेको पाइएपछी ती टोललाई घोषणा गरिएको हो ।

समितीका अनुसार ¥यालेका ३४, मेलचौरका ३२, ओखरपाटाका ४२, बरलेका ४७, खजुरेका १४, साउनेपानीका ३८ र शितल बजारका १७ घरपरीवारले पूर्ण सरसफाईका सूचकहरु पुरा गरेका छन् । टोलवासिले नियमित रुपमा सुधारिएको सौचालय प्रयोग गरेको, महिनावरी स्वच्छता तथा जोखिमपूर्ण समयमा साबुनपानीले हात धुने वानी को विकास भएको, घर आँगनको सरसफाई खानामा स्वच्छता एवम् सुरक्षा र खानेपानीको सुरक्षा जस्ता सुचकहरु पुरा भएको पाईएपछी सात टोललाई पूर्ण सरसफाई उन्मुख टोलको रुपमा घोषणा गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सरसफाईका हरेक गतीविधि नियमित गर्नुपर्नेमा जोड दिइन् । खजुरे टोल स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीका संयोजक तिलसरी वोहोराको अध्यक्षतामा भएको कार्यक्रममा उनले गाउँपालिकाका अन्य वडाहरुमा पनी पूर्ण सरसफाईका क्रियाकलापहरु सञ्चालन भइरहेको जानकारि दिइन् ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष यम कुमार वस्नेत, सुआहारा कार्यक्रमका जिल्ला संयोजक अमृत पौडेल, दलित विकास समाज सल्यानका कार्यकारि निर्देशक दुर्गा पुन, नेपाल रेडक्रस सोसाईटी रीम–सिनवाङका सभापती भद्रसिंह बुढा, खेलकुद विकास समिती कर्णालीका सदस्य टोपेन्द्र केसी लगाएतले सरसफाइको महत्वको चर्चा गर्दै यसबाट धेरै रोगबाट बच्न सकिने बताएका थिए ।

टोल स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले हरेकको घरमा सरसफाईका सूचकहरुको अनुगमन तथा सरसफाईका क्रियाकलापहरु सञ्चालन गर्दछ भने वडा स्तरिय समितीले ३ पटक अनुगमन गर्दा सूचकहरु पुरा भएको पाईएपछी टोललाई घोषणा गरिन्छ ।

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार १६:०७