कुटपिटबाट घाइते शिक्षकको कोहलपुरमा उपचार हुँदै

रुकुम पश्चिम–२४, माघ।  कुटपिटमा परी घाइते बनेका रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ११ निवासी शिक्षक एवम जिल्ला खेलकुद विकास समिति रुकुमका पश्चिमका उपाध्यक्ष लोकेन्द्र मल्लको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

गत माघ १९ गते नगरपालिकाको वडा नम्वर १३ सिलिंगीमा कोहलपुर वागेश्वरी यातायात प्रा. लिको गाडी उद्घाटन कार्यक्रमपछि स्थानीय युवाहरुले कुटपिटगरी घाईते वनाएका मल्लको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर शिक्षण अस्पतालमा रिफर गरीएको चौरजहारी अस्पतालले जनाएको छ ।

टाउँको, छाती, ढाड, हात, खुटटा र अनुहारमा गहिरो चोट लागेका मल्लको अस्पतालमा भर्ना गरी उपचार भैरहेको उहाँका आफन्त ओम प्रकाश आचार्यले जानकारी दिए । शिक्षक मल्लका अनुसार विद्यालय समय सकिएपछि आफु उक्त उद्घाटन कार्यक्रममा गएको अवस्थामा कार्यक्रम सकिएपछि एक्कासी स्थानीय युवाहरुले लाठी, ढंगामुढा प्रयोग गरेर आफुलाई अचेत अवस्थामा छाडेर भागेको वताएका छन । स्थानीय राम वहादुर विष्ट, बालकुमार शर्मा, गोरखवहादुर विष्ट, यदु केसि, शिव गुर्ताल, शुरेस हमाल, कृष्ण शर्मा, बुद्धि रोका, चित्रबहादुर विष्ट, टेकबहादुर विष्ट र मोतिराम शर्माले आफुलाई कुटपिट गरी मर्नासन्न अवस्थामा छाडेको मल्लको आरोप छ ।

प्रहरी चौकी सर्केनामा पिडीत पक्षले दिएको उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न व्यक्तिहरुलाई खोजीकार्य जारी राखेको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्म सिंह विष्टले जानकारी दिए । प्रहरी निरिक्षक विष्टका अनुसार उक्त घटनामा संलग्न केही व्यक्तिलाई आफुले सम्पर्कमा लिएर छलफलका लागी प्रहरी कार्यालयमा आउन जानकारी पाएको वताउनुभयो ।

यदि सम्पर्कमा नआएपछि सार्वजानिक मुद्धा चलाउने तयारीमा प्रहरी रहेको प्रहरीको भनाई रहेको छ । उता घटनामा संलग्न व्यक्तिहरुका विषयमा एक प्रत्येक्ष दर्शिका अनुसार वस रुट संचालनको विषयमा सामान्य विवाद हुदा मल्लले पहिलेनै हातपातको स्थिति सुरु गरेपछि विवादले उग्ररुप लिदा घटना घटेको आरोप लगाएका छन ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार १९:५५