पृथ्वीबाट लोप हुँदै जुनकिरी !

राति टिलपिल गर्ने जुनकिरी संसारमै पाइने एकप्रकारको किरा हो । तर पछिल्लो बर्षहरुमा जुनकिरी हराउदै गएको बैज्ञानिकहरूले जनाएका छन् । प्राकृतिक आवासको नाश, किटनाशक औषधिको प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीका करिब दुई हजारमध्ये केहि प्रजाति लोप हुने जोखिमा छ ।

प्राकृतिक आवास नाशिनु नै धेरै वन्यजन्तुका प्रजातिको प्रमुख कारण भएको एक अध्ययनले देखाएको हो । टफ्ट्स युनिभर्सिटीका जीवविज्ञानका प्राध्यापक सारार लेविसले बताए अनुसार जीवनचक्र पूरा गर्न निश्चित वातावरणीय अवस्था आवश्यक हुने भएकाले केहि जुनकिरी अझ समस्यामा परेका छन् । बायोसाइन्स नामक जर्नलमा प्रकाशित जुनकिरी सम्वन्धी अध्ययनको उनले नै गरेकी हुन् ।

उदाहरणका लागि मलेसियन जुनकिरीको प्रजननका लागि म्यानग्रोभ र त्यहाँ पाइने वनस्पति चाहिन्छ । तर मलेसियाको म्यानग्रोभ पाइने दलदलमा तेल उत्पादन गर्नलाई पाम अर्थात् ताडीको रूख र एक्वाकल्चरल फार्म लगाइएका छन् । अचम्म त के छ भने, राति बालिने कृत्रिम प्रकाश यी जीवका लागि दोश्रो खतरा भएको अनुसन्धाताले पत्ता लगाएका छन् । यस्ता कृत्रिम प्रकाश गएको शताब्दीदेखि तिव्र रूपमा फैलिएका छन् ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार ०७:३८