
सल्यान- कपुरकोट गाउँपालिका सल्यानका टोलटोलमा निगरानी समूह गठन हुने भएको छ । कोरोना भाईरस रोकथामका लागी युवा, विद्यार्थी, आमा समूह तथा वडाका जनप्रतिनिधीहरुको निगरानी समूह बनाइने भएको हो । कपुरकोटमा हेल्थ डेस्क स्थापना देखी वडा स्तरिय सतर्कता समिती निर्माण जस्ता कार्य गरेको गाउँपालिकाले शनिबार टोल स्तरिय निगरानी समूह गठन गर्ने निर्णय गरेको हो ।
गाउँपालिका स्तरिय विपद् ब्यवस्थापन समितिको बैठकले हरेक वडामा विदेश तथा देशका विभिन्न शहरबाट आएका, हाल विदेशमा रहेका र अव घर फर्कनेहरुको विवरण संकलन गरी उनीहरुको घरमै पुगेर आवश्यक परामर्श दिने निर्णय गरेको समितीका अध्यक्ष तथा गाउँपालिका प्रमुख भिम बहादुर सेनले बताए । उनले भने, कोरोना भाइरस फैलनै नदिन उच्च सतर्कता अपनाएका छौँ, विदेश बाट आएकाहरुको विवरण संकलन गरेर उनीहरुको घरमै पुगेर होम क्वारेन्टाईनमा बस्न भनेका छौँ भने अव विदेशबाट आउनेहरुको घरमा पनि पहिलै पुगेर परामर्स दिने निर्णय गरेका छौँ ।
गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर सहित ६ वटै वडाका वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख लगाएत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको बैठकले लक डाउन कार्यान्वयन गराउन तथा कोरोनाबाट बच्ने उपाएका बारेमा सचेतना फैलाउन टोल तथा वस्तीहरुमा माईकिङ गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रवक्त एवम् वडा नं ५ का वडाध्यक्ष यम कुमार वस्नेतले जानकारि दिए । वडाध्यक्षहरुले बैठकमा आआफ्नो वडामा कोरोना भाइरस रोकथामका लागि भएका क्रियाकलाप र त्यहाँको अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।
वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्काले आफ्नो वडामा काठमाण्डौ लगाएतका इटाभट्टाबाट काम गरी करिव २ सयको हाराहारीमा फर्कने तयारिमा रहेकाले उनीहरुको निगरानी गर्नुपर्ने देखिएको बताएका थिए । वडाध्यक्षहरुले बजार क्षेत्रमा लकडाउनलाई कार्यान्वयन गरेको पाइएपनी गाउँतीर मानिसहरु भेला हुने, समूहमा बस्ने जस्ता कार्य भइरहेको बताएइका थिए । यहि रिपोर्टिङको आधारमा गाउँपालिकाले जनप्रतिनिधी, प्रहरी सहित गाउँगाउँ पुगेर सचेताना फैलाउने निर्णय गरेको हो ।
यसैविच नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सल्यान जिल्ला स्थीत प्रमुखहरु, स्वास्थ्य कार्यालय सल्यानका प्रमुख सहितको टोलिले लकडाउनको अवस्थाको बारेमा अनुगमन गरेका छन् । साथै कर्णालीको प्रवेशद्धार कपुरकोटमा संचालन गरिएको हेल्थ डेस्कको अवस्थाको बारेमा पनि अनुगमन गरिएको छ ।
हाल जिल्लाभर लकडाउनलाई नागरिकले स्वीकारेको र ग्रामिण भेगमा लकडाउन कार्यान्वयनको अवस्था केहि कमजोर देखिएको सन्दर्भमा गाउँगाउँ जानका लागी पनी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारि दिएका छन् ।
यस्तै स्वास्थ्य कार्यालय सल्यान र कपुरकोट गाउँपालिकाविच हेल्थ डेस्कलाई थप ब्यवस्थीत बनाउने विषयमा पनि छलफल भएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार २०:५४