एकैघरका पाँच जनामा ज्वरो आएपछि जिल्ला अस्पताल ल्याइदै

रमेश कुमार वली÷इन्द्र बुढाथोकी

सल्यान, १६ चैत । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा ल्याउन लागिएको छ ।
भारतमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो सन्चो हुनुको साटो घरमा रहेका २७ बर्षिया श्रीमति ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत ज्वारो आउन थालेपछि आइतबार राती सल्यान अस्पतालमा पठाइएको बनगाड कुपिण्डे १२ का वडाध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभयो ।
निगाल्चुलामा रहेको स्वास्थ्य चौकीमा ज्वरो जाँच गराउन आउदा कोरोनाको आशंका भएपछि उपकरणको अभावमा जाँच गर्न नसकिएको निगाल्चुला स्वास्थ्यचौकी प्रमुख विरेन्द्र केसीले जानकारी दिनुभयो ।“उहाँ भारतबाट आएपछि ज्वरो आउने टाउको दुख्ने खोकी लाग्ने शुरु भएको जानकारी भएको थियो तर हाम्रो स्वास्थ्य चौकीमा उपकरणको नाममा मास्क समेत छैन उहाँलाई औषधी दिएपनि ज्वरो नाप्न सकिएको थिएन,” स्वास्थ्यचौकी प्रमुख केसीले भन्नुभयो ।
बिरामीहरुलाई अस्पताल पु¥याउनका लागि दिनभरको प्रयासपछि श्रीनगरमा रहेको अधिकारी पोलिकिल्निकको गाडी मार्फत अस्पतालमा पठाईएको वडाध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल सल्यानमा आजमात्रै कोरोना भाइरस सम्वन्धी स्वास्थ्य सामाग्री कर्णाली प्रदेश सरकारबाट हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार २१:१९