एकैघरका पाँच जनामा ज्वरो आएपछि जिल्ला अस्पताल भर्ना

रमेश कुमार वली
सल्यान, १६ चैत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । कोरोना भाइरसका लक्षणसंग मिल्दो जुल्दो लक्षण देखापरेपछि बिरामी भएको ६ दिन पछि सल्यान अस्पतालमा भर्ना गरिएको हो ।
भारतमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्न शुरु गरेको थियो । उहाँलाई ज्वरो सन्चो हुनुको साटो घरमा रहेका २७ बर्षिया श्रीमति ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत ज्वारो आउन थालेपछि आइतबार राती सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो ।
जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखेर उपचार भइरहेका पाँचै जनाको अवस्था सामन्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । “उहाँलाई भारतबाट आउनु भन्दा एक महिना अगाडी देखि नै ज्वरो आएको रहेछ, परिवारका अन्य ४ जनामा ज्वरो देखिएको छैन, सवैजनाको अवस्था सामान्य रहेको छ,” डा बुढाले भन्नुभयो ।
भर्ना भएकाहरुमा कारोनाको लक्षण नदेखिएको भएपनि सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको डा बुढाको भनाई रहेको छ । “उहाँहरुमा कारोनाको लक्षणसंग मिल्दो जुल्दो एकजनामा मात्रै छ, तर संगै वसेको हुनाले सवैको स्वाब संकलनका लागि सर्खेतबाट स्वास्थ्य प्राबिधिकको टोली आउन लागेको छ, के भएको हो अव परीक्षण पछि मात्रै थाहा हुनेछ,” डा बुढाले भन्नुभयो ।
भारतबाट आएपछि ज्वरो देखिएपछि घर परिवार र छिमेकीहरु आत्तिएर अस्पताल पु¥याएको डा बुढाको भनाई छ । “उहाँको श्रीमतिलाई पहिलेदेखि नै टाउको दुख्ने समस्या रहेछ यो कोरोना भाइरसको लक्षणसंग मेल खाँदैन तर समाज नै कोरोनाको त्रासले आत्तिएकोले सवैलाई अस्पताल पठाइएको हो,” डा बुढाले भन्नुभयो ।
उनिहरु पाँचै जनालाई स्वाब परीक्षणको प्रतिवेदन नआउदा सम्म अस्पतालको आइशोसलेलनमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । उनिहरु सवैलाई आइतबार राती सल्यान अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार ०९:३४