घरमा सावुन बाँड्दै , कोरोना भाईरस सबन्धी जनचेतना फैलाउदै

प्रचण्ड खत्री
जाजरकोट, १९ चैत । बिश्वमा कोरोना भाइरसको महामारी फैलिइरहेको बेला कर्णालइ प्रदेशका स्थानीय तहहरु कोरोना सचेतनाका लागि गाउ गाउ सम्म पुग्न थालेका छन् । अहिले स्थानीय तहका जनप्रतिनिधिहरु मात्र हैन सर्वसधारणहरु समेत यस्तै सचेतनाका साथ गाउ गाउमा पुगेको खवरहरु प्राप्त हुन थालेका छन् ।
कोरोना भाइरस कोभिड १९ बाट कसरी जोगिन र जोगाउन सकिन्छ भन्न्ने उद्देशले नलगाड नगरपालिका – ८ हल्चौरका नरबहादुर नेपाली अहिले जनताको घर ,घरमा सावुन वितरण गर्न व्यस्त रहेका उहाँको परिबारले जनाएको छ।
एक घर एक सावुन वितरण गर्ने लक्ष्यका साथ उहाँ अहिले घर , घरमा पुगेर जनचेतना फैलाउनु भएको छ । हात धुने विधि समेत जानकारी गराईरनुभएको स्थानीय यूवा व्यावसायिक लालबहादुर बस्नेतले कभर खबर डटकमलाई जानकारी दिनुभएको छ ।
५५० थान लक्स सावुन लिएर नरबहादुरले हल्चौर , स्वाँरा , सिमा , कोरिन्चे , ताँसे , लुपाना र मंसिरीमा गाउँमा पुगेको बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार १४:४३