कोरोना रोकथामका लागि सक्रिय बन्दै स्थानीय तह

प्रचण्ड खत्री
रुकुम पश्चिम्, १९ चैत ।
बिश्वभरी कोरोनाको महामारी फैलिइरहेको बेला रुकुम पश्चिमका स्थानीय तह सक्रिय बन्न थालेका छन । कोरोना सम्वन्धी सचेतना फैलाउने उद्देश्यले पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु जनताको घरघरमा पुगेर साबुन र मास्क बितरण गरिरहेका छ्न ।
गाउँपालिकाको वडा नम्बर १ देखि १० नम्बर जनप्रतिनिधि र कर्मचारीले आआफ्नो वडामा साबुन र माक्स बितरण गरिएको गाउँपालिका अध्यक्ष धर्म बहादुर के सिले जानकारी दिनुभएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको अध्यक्ष केसीको भनाई छ ।
गाउँपालिकाको वडा नम्बर ९ ले भने आफै माक्स उत्पादन गरि जनताको घर दैलोमा पुगेर बितरण गरिएको वडा अध्यक्ष कबिराम खत्रीले जानकारी दिनुभएको छ । वडा अध्यक्ष खत्री सहित वडाका जनप्रतिनिधि र कर्मचारीले कपडा सिलाउने मेसिन किनेर ५०० सय माक्स उत्पादन गरि जनताको घरमा पुगेर बितरण गरिएको वडा सदस्य भद्र बहादुर ओलिले बताउनुभयो ।
गाउँपालिकामा स्वास्थ चौकी र ईकाईलाई भनेर मात्र माक्स आयको र पिपल स्वास्थ चौकिलाई भनेर पठाएको माक्स वडामा बितरण गरिएको थियो । १ माक्स र २ साबुनको नारा लिएर जनप्रतिनिधि र कर्मचारी गाउँगाउँ टोल टोलमा पुगेको सबन्धित वडा कार्यलयले जनाएका छ्न । कोरोना भाईरस अर्थात कोभिड १९ बाट कसरी वचन सकिन्छ भन्ने उदेश्यले जनचेतना फैलाउदै जनप्रतिनिधि र कर्मचारी जनताको घर दैलोमा पुगेका छन ।
साथै ३ नम्बर वडा अति बिपन्न परिबारलाई चामल बितरण गरिएको छ । वडा कार्यलयको आर्थिक सहयोगमा वडाका अति बिपन्न परिबारलाई १ महिना पुग्ने रासन उपलब्ध गराइएको वडा अध्यक्ष चन्द्र बहादुर केसील ेजानकारी दिनुभयो । वडाका भाग्ले , जग्रा , झिम्रु , कोलचौर , नेपाले , दह लगायतका टोलमा खाद्यान्न बितण गरिएको छ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार १७:१३