PPE के हो

दिपक वली हेल्थ असिस्टेन्ट

 

के हो PPE कुनै पनी पेशाकर्मी ले सेवाप्रदान गर्दा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न तथा सेवामा गुणस्तर कायम राख्न प्रयोग गरीने सुरक्षाका साधनलाई PPE( Personal Protection Equipment) भनिन्छ । काम गर्दा कामसंग संबन्धित जोखिम तथा दुर्घटना का कारण लाखौ अंग भंग र हजारौ को मृत्यू भए पछी विश्व स्वास्थ्य संगठन (WHO) ले सन् १९५३ मा पेशागत स्वास्थ्य सुरक्षाको निति अबलम्बन गरेको छ ।
बिश्व भरका श्रमिक तथा पेशाकर्मी को दिनानुदिन पेशागत जोखिमका कारण अंगभंग हुने तथा ज्यान गुमाउने संख्या बढिरहेको छ यसको न्यूनिकरण गर्नको लागी सन् १९६० मा अन्तराष्ट्रिय श्रम संगठन (ILO) को स्थापना भएको छ । नेपालले पनी अन्तराष्ट्रिय श्रम संगठन (ILO)  को सदस्यता लिदै श्रम ऐन २०४८ ल्याएर २ जेष्ठ २०५३ देखी कार्यान्वयनमा आयको छ ।
एएभ् सबै क्षेत्रका श्रमीक तथा सेवा प्रदायकका लागी जरुरी हुन्छ उच्च जोखीम क्षेत्रमा काम गर्नेहरुका लागी PPEअनिवार्य हुन्छ । भौतिक सुरक्षाका साधन मास्क ,चस्मा, हेल्मेट, पन्जा, बुट, गाउन, लाईफ ज्याकेट आवश्यक पर्दछन भने रासायनिक रुपमा सेनिटाइजर, अक्सीजन, डिसइन्फेक्टेन्टको आवश्यकता पर्दछ । साथै सामाजिक सुरक्षाको लागी क्षतीपुर्ति, बिमा, प्रोत्साहन र भय रहित वातावरणमा काम गर्ने ब्यबस्था हुनु पर्दछ ।

पिपिइ लगाउदा र नलगाउदाको अवस्था

बिशेष गरी जनता संग प्रत्यक्ष सम्ंपर्कमा रहेर काम गर्नु पर्ने स्वास्थ्य क्षेत्रमा यसको विशेष महत्व हुन्छ । सेवामा गुणस्तर कायम गर्न र सेवा लिनेर दिने दुबैको सुरक्षा को लागी एएभ् अनिबार्य छ । एएभ् बिना को स्वास्थ्य सेवा गुणस्तरीय हुन सक्दैन । एउटा स्वास्थ्यकर्मी कुनै रोगबाट संक्रमित छ भने उसले हजारौ सेवाग्राहीलाई रोग सार्दछ भने एउटा दक्ष जनशक्ती राज्यले गुमाउनु पर्ने हुन सक्दछ । त्यसैले सेवा लिने र दिने नाममा एएभ् बिनाको सेवा लिन पनी हुदैन र दिन पनी हुदैन यसको लागी जनचेतना बढाउन जरुरी छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार ०९:१७